Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जेनजी आन्दोलनपछि पहिलोपटक एमालेको सचिवालय बैठक सुरू

राष्ट्र आवाज by राष्ट्र आवाज
September 28, 2025
in राजनीति
0
जेनजी आन्दोलनपछि पहिलोपटक एमालेको सचिवालय बैठक सुरू
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 असोज १२ – नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू भएको छ । जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपटक बसेको यस बैठकलाई चासोका साथ हेरिएको छ ।

बैठकमा आन्दोलनका प्रभाव, क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको भावी रोडम्यापबारे छलफल हुने जनाइएको छ । युवा नेतृत्वको उदय, दलभित्रको पुनर्गठन र रुपान्तरण पनि एजेन्डामा पर्ने छन् ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशन र पछिल्लो राजनीतिक परिस्थितिको संयुक्त समीक्षा गर्नेछ । तर, धेरै पदाधिकारीहरूले ओलीलाई पद छाड्न आग्रह गर्ने तयारी गरेका छन् । ओली भने तत्काल छाड्ने पक्षमा छैनन् तर महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको बाटो खोल्न तयार छन्।

नेताहरूले संयमता अपनाई पार्टी र आन्दोलनलाई जोगाउँदै अघि बढ्नुपर्ने सुझाव राख्ने तयारी गरेका छन् । पछिल्ला घटनाक्रमलाई बुझेर तलदेखि माथिसम्मका कार्यकर्ता ओलीको सम्मानजनक बहिर्गमनको पक्षमा उभिएका छन् । त्यस्तै, विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार गर्नुपर्ने कुरा पनि बैठकमा उठ्ने बताइएको छ ।

Previous Post

प्रिमियर लिगमा आज दुई खेल: एस्टन भिल्ला र फुलहम बेलुकी भिड्ने

Next Post

गहवामाई मन्दिरमा भक्तजनको भीड, साँझतिर अझै भीड बढ्ने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गहवामाई मन्दिरमा भक्तजनको भीड, साँझतिर अझै भीड बढ्ने

गहवामाई मन्दिरमा भक्तजनको भीड, साँझतिर अझै भीड बढ्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l