असोज १२ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आज दुई वटा रोचक खेलहरू हुँदैछन्।
पहिलो खेलमा एस्टन भिल्ला र फुलहम आमनेसामने हुनेछन्। यो खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ।
त्यस्तै दोस्रो खेलमा न्यूक्यासल युनाइटेड र आर्सनल भिड्नेछन्। उक्त खेल राति सवा ९ बजेबाट सुरु हुने तय भएको छ।
दुवै खेलमा दर्शकहरूले रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरेका छन्।

