Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जिल्ला बचत संघ लि.पर्साको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
September 18, 2025
in समाचार
0
जिल्ला बचत  संघ लि.पर्साको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, भदौ १८ – देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति र शासकीय अकर्मण्यताको विरुद्धमा आवाज उठाउँदै ज्यान गुमाएका जेनजी आन्दोलनका सहिद युवाहरूको स्मृतिमा वीरगञ्जको ऐतिहासिक स्थल घन्टाघरमा दीप प्रज्वलन गरिएको छ।

२०८२ भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी जेट आन्दोलन’मा सहभागी भएका युवाहरूको निधनको स्मरणमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संघका अध्यक्ष हरेराम पटेलको नेतृत्वमा सहिदहरूप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। अध्यक्ष पटेलले देश र समाजको परिवर्तनका लागि ज्यान अर्पण गर्ने युवाहरूलाई सच्चा राष्ट्रसेवक भन्दै उनीहरूको बलिदान कहिल्यै नबिर्सिने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष पटेलले भने – “देशमा भ्रष्टाचारले गहिरो जरा गाडेको अवस्थामा युवाहरूले लिएको यो ऐतिहासिक पहल परिवर्तनको बाटो खोल्नेछ।”

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले यस्ता आन्दोलन र आवाजको सम्मान गर्नु सबै नागरिकको कर्तव्य भएको बताए। उनले युवाहरूको न्यायको पक्षमा संघ पनि दृढताका साथ उभिएको स्पष्ट पारे।

उपाध्यक्ष बरालले भने – “हामीले यस्ता आवाजको सम्मान गर्नैपर्छ, युवाहरूको बलिदान अन्यायविरुद्धको उदाहरण हो।”

त्यस्तै अर्का उपाध्यक्ष नंगनारायण सिंहले देशमा भ्रष्टाचार चरम सीमामा पुगेको र त्यसको विरुद्धमा युवाशक्ति बाध्य भएर सडकमा उत्रनु परेको बताए। उनका अनुसार आन्दोलनको क्रममा सयौं युवा घाइते भएका थिए भने ८० भन्दा बढी युवाको ज्यान गएको अपुष्ट समाचार रहेको छ।

उपाध्यक्ष सिंहले भने – “युवाहरूले राखेका मागहरू न्यायसंगत छन्, हामी सबैले तिनीहरूको आवाजलाई सम्मान गर्नु जरुरी छ।”

दीप प्रज्वलन कार्यक्रममा स्थानीय नागरिक, सहकारीकर्मी, युवा तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै देशमा सुशासन र पारदर्शिता कायम गरिनुपर्नेमा जोड दिएका थिए।

Previous Post

नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण, पहिलो निर्णय- टुक्रे आयोजना हटाउन कार्यदल

Next Post

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको राजीनामा : नेतृत्वले अहङ्कार देखाएको गुनासो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको राजीनामा : नेतृत्वले अहङ्कार देखाएको गुनासो

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको राजीनामा : नेतृत्वले अहङ्कार देखाएको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l