Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुमनाको राजीनामाबारे के भन्छ रास्वपा ?

राष्ट्र आवाज by राष्ट्र आवाज
September 14, 2025
in समाचार
0
सुमनाको राजीनामाबारे के भन्छ रास्वपा ?
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वमन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको घोषणा गरिन् ।

सुमनाले ह्वाट्सएप ग्रुपमा म्यासेज पठाएर राजीनामाको घोषणा गरेकी हुन् । यद्यपि रास्वपाले त्यसबारे निर्णय भने लिइनसकेको रास्वपाका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए ।

‘उहाँको राजीनामा ह्वाट्सएप ग्रुपमा आएको छ । कारण कुनै खुलाइएको छैन । हामीले त्यसबारे निर्णय लिइसकेका छैनौँ । छलफलकै प्रक्रियामा छौँ,’ ती पदाधिकारीले लोकपथसँग भने ।

यता सुमना हालै गठित अन्तरिम सरकारको मन्त्री बन्ने समेत तयारी रहेको छ । त्यसो त शुक्रबार राति प्रधानमन्त्रीको शपथग्रहण समारोहमा समेत सुमना पुगेकी थिइन् ।

त्यसबारेमा भने ती पदाधिकारीले कुनै कुरा बताएनन् । उहाँ मन्त्री बन्ने चर्चा रहेको छ यहीबिचमा पार्टी छाड्नुभएको हो कि ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘उहाँ अब पार्टी चाहिन्न भनेर राजीनामा दिन तयार भएको मान्छेको आगामी बाटो के हुन्छ हामीलाई थाहा हुने कुरै भएन,’ ती पदाधिकारी भन्छन् ।

वर्तमान घटनाक्रम र सरकार नबनिसकेको अवस्थामा रास्वपाभित्र फरकफरक निर्णय आएका कारण असन्तुष्टि बढिरहेको थियो । कतिपय नेताहरुले पार्टीको निर्णयविरुद्ध समेत आक्रोश व्यक्त गरिरहेका छन् ।

Previous Post

नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

Next Post

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा : मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा : मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा : मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l