<strong> भदौ २३ - </strong> राजधानीको नयाँ बानेश्वरमा जेनजी समूहको आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरको गोली प्रहार गरेको छ । जारी प्रदर्शन झन् आक्रोशित हुँदै जाँदा प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रहरीले रबरको गोली प्रहार गरेको हो ।