Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

संविधान दिवसमा एकता घोषणा गर्ने चार दलको तयारी !

राष्ट्र आवाज by राष्ट्र आवाज
September 1, 2025
in राजनीति, समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
संविधान दिवसमा एकता घोषणा गर्ने चार दलको तयारी !
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भदौ १६ – संविधान दिवस (३ असोज)मा पार्टी एकताको घोषणा गर्नेगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

समाजवादी मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने उद्घोष गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेतृत्व एकीकरणको अन्तिम गृहकार्यमा जुटेका छन्।

एकीकरणको सैद्धान्तिक छलफल जारी रहेका बेला समाजवादी केन्द्रलगायतका केही दलमा आन्तरिक किचलो बढेपछि नेताहरू एकीकरणका लागि हतारिएका हुन्।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनको राजीनामाको विषयलाई लिएर आन्तरिक विवाद उत्कर्षमा छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको निर्णयअनुसार पार्टी एकताका लागि छलफल भइरहेको जनाएका छन्। विभिन्न कम्युनिस्ट पार्टीहरूका बीचमा एकता गर्दै शक्तिशाली पार्टी निर्माण गर्ने भन्ने ’boutमा छलफल भइरहेको र यस प्रक्रियाले निकै चाँढै मूर्तरूप लिने बताए।

‘कम्युनिस्ट पार्टीहरूका बीचमा पार्टी एकता गर्दै शक्तिशाली पार्टी बनाउने ’boutमा नेताहरूका बीचमा छलफल जारी नै छ, चाँडै केही प्रगति देखिनेछ,’ माओवादी केन्द्रका महासचिव गुरुङले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, आजपाका अध्यक्ष प्रभु साह, नेकपा महासचिव विप्लवका बीचमा पार्टी एकताका विषयमा छुट्टाछुट्टै छलफल भइसकेको छ।

उच्चस्रोतका अनुसार प्रचण्ड र नेपाल पार्टी एकताका लागि सहमत भइसकेका छन्। प्रचण्डले साह र विप्लवसँग पनि छलफल थालेका छन् । ‘छुट्टाछुट्टैको पार्टीले देश र जनताको आवश्यकता पूरा गर्न नसकिने भन्दै पार्टी एकतामा ढिलाइ गर्न नहुने निष्कर्ष प्रचण्डको छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘सोहीअनुसार छलफल भइरहेको छ, केही प्राविधिक विषय मिलाउनुपर्नेमा नेताहरू लागेका छन्।’

माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै चुनौती दिँदैआएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा काण्डको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेपछि राजीनामाको प्रश्न सोही पार्टीका नेताले उठाउँदै आएका छन् । सोही कारण प्रचण्ड र नेपालले जति छिटो पार्टी एकता गर्दै पार्टीभित्र देखिएको द्वन्द्व पनि समाधान गर्न खोजेका छन्।

नेपालनिकट एक नेताका अनुसार पार्टी एकताका लागि धेरै विषय मिलिसकेको छ । दुई अध्यक्ष बनाउने र तत्कालीन नेकपा ‘मोडेल’अनुसार पार्टीलाई एकता गर्ने ’boutमा नेपाल र प्रचण्ड सहमत भइसकेका छन् । अन्य पदाधिकारीका ’boutमा छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा अदालतमा दर्ता भएपछि उनको सांसद पद निलम्बनमा छ । संसद् सचिवालयले उनको सांसद पद निलम्बनमा रहेको जनाएको छ । एकीकृत समाजवादीको संसदीय दलका नेता नेपाल थिए । तर, अहिले एकीकृत समाजवादी संसदीय दल नेताविहीन छ ।

नेपालमाथि राजीनामाको दबाब
नेकपा एकीकृत समाजवादीमा अध्यक्ष नेपालले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । पतञ्जलीको जग्गा काण्डमा नेपालमाथि मुद्दा दर्ता भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग नेताहरूले गरेका छन् ।

आइतबार शान्तिनगरको बानेश्वर बहुमुखी क्याम्पसमा भएको असन्तुष्ट नेताहरूको भेलाले नेपालको राजीनामा माग्ने निष्कर्ष निकालेको छ । नेपालको मनोमानीपूर्ण कार्यशैली र अहंकारी व्यवहारका कारण पार्टी विघटनउन्मुख भएको असन्तुष्ट नेताहरूको निष्कर्ष छ ।

पार्टी मनोमानी शैलीले चलाउन खोजेका नेपालकै कारण युवा संघ, अखिलसहितका भ्रातृ संगठनमा विवाद बढ्दो छ । तर, नेपालले विवाद समाधान गर्नुको साटो आफूखुशी निर्णय गर्दा विवाद बढ्ने र नेता कार्यकर्ताले पार्टी छोडने क्रम बढेको भेलामा सहभागी एक नेताले जनाएका छन् ।

यस्तै, असन्तुष्ट नेताहरूको भेलाले माओवादी केन्द्रलाई पार्टी बुझाउन लागेको निष्कर्ष निकालेका छन् । भेलामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकटका नेताहरूको सहभागिता थियो । यद्यपि, खनाल र भुसाल आफैं सो भेलामा सहभागी थिएनन् ।

स्थायी कमिटीका सदस्यहरू विजय पौडेल, विजय गुरुङ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, दामोदर अर्याल, हरि पराजुली, पोलिटब्युरो सदस्यहरू अशेष घिमिरे, नरेश शाही, लक्ष्मण लम्साल, केन्द्रीय सदस्य सुशील भट्टराईलगायतका नेताहरू छलफलमा सहभागी थिए ।

राजधानी दैनिकबाट

Previous Post

सुनचाँदीको भाउमा कीर्तिमान कायमै, सुन तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

Next Post

मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या

मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l