भदौ ९ – वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिँदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल वीरगञ्ज आउनु भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, मन्त्री पौडेलले नारायणी अस्पताल पुगेर उपचाररत बिरामीहरूको अवस्था अवलोकन गर्ने र अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवाको जानकारी लिने कार्यक्रम रहेको छ । यसबाहेक मन्त्री पौडेलले हैजा नियन्त्रण र रोकथामका लागि भइरहेको प्रयासबारे वीरगञ्ज महानगरपालिकाका मेयरसहित सरोकारवालासँग विशेष छलफल गर्नेछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, वीरगञ्जका विभिन्न अस्पतालमा हालसम्म १ सय ६१ जना झाडापखालका बिरामीमध्ये ७९ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

