Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्जमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै

राष्ट्र आवाज by राष्ट्र आवाज
August 25, 2025
in समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
वीरगन्जमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 भदौ ९  – वीरगञ्जमा हैजाको संक्रमण फैलिँदै गएपछि नियन्त्रणमा प्रभावकारीता ल्याउन वीरगंज महानगरपालिकाले ‘एकद्वार नीति’ अवलम्बन गर्ने निर्णय गरेको छ। आज आयोजित अन्तरक्रियात्मक छलफलमा महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधीजन्य सामग्री वितरण नगर्न निर्देशन दिँदै हैजालाई “हौवा” बनाएर व्यापार नगर्न सबैलाई आग्रह गरे।

उनले निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले नै निशुल्क किट उपलब्ध गराउने स्पष्ट पारे।

महानगरपालिकाद्वारा आयोजित छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रमुख सिंहले हैजा नियन्त्रणका सबै कार्यहरू एकीकृत प्रयासमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिए।

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थाहरूलाई उपचारको मुख्य केन्द्र बनाइनुपर्ने धारणा राखे। साथै, निजी अस्पतालहरूले पनि झाडापखाला जन्य रोगहरूको उपचारमा समान मापदण्ड अपनाउनु उपयुक्त हुने बताएका छन्।

महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने तयारी गरिरहेको र त्यहाँको आइसियुमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने योजना रहेको जानकारी दिइएको छ।

स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्नु आवश्यक नरहेको स्पष्ट गर्दै भने, “एउटा बिरामीमा हैजाको पुष्टि भइसकेपछि, त्यस्तै लक्षण देखिएका अन्य बिरामीहरूको परीक्षण दोहोर्याउन आवश्यक छैन, बरु उनीहरूको उपचारमा प्राथमिकता दिनुपर्छ।”

यसैबीच, हैजाको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै छन्। उनी दिउँसो २ बजे नारायणी अस्पताल पुग्ने कार्यक्रम रहेको छ। अस्पताल निरीक्षणपछि मन्त्री पौडेलले महानगर र अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली हिजोदेखि नै वीरगंजमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारसम्बन्धी गतिविधिहरूको नजिकबाट अनुगमन गरिरहेको छ।

Previous Post

उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू

Next Post

११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l