Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

दीपसन एण्ड सानवी ज्वेलर्समा प्रहरीको छापा,प्रहरीको यस्तो छापा गैरकानुनी भएको भन्दै आपत्ति

राष्ट्र आवाज by राष्ट्र आवाज
August 14, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
दीपसन एण्ड सानवी ज्वेलर्समा प्रहरीको छापा,प्रहरीको यस्तो छापा गैरकानुनी भएको भन्दै आपत्ति
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 साउन २९ – वीरगञ्ज महानगरपालिका वडा नम्बर ६, माईस्थानस्थित गहवामाई मन्दिर नजिकै रहेको दीपसन एण्ड सानवी ज्वेलर्समा बिहीबार प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको टोलीले बिलबिजक बिना सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको हो ।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोली बिहीबार दिउँसो करिब २ः३० बजे पसलमा पुगेपछि वीरगन्जका सुनचाँदी व्यवसायी तथा कालीगढहरूले विरोध जनाएका थिए । उनीहरूले प्रहरीको कार्यविधि विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रहरी टोलीले करिब तीन घण्टा पसल सञ्चालक दीपक सर्राफसँग सुनचाँदी खरिद–बिक्रीमा प्रयोग भएका बिलबिजकहरू मागेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा बिलबिजकहरूमा केहि अनियमितता भेटिएपछि प्रहरीले आन्तरिक राजश्व कार्यालय वीरगञ्जका कर्मचारीहरूलाई बोलाएर बिलबिजकहरू जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक लम्सालले भने, “खरिद गरिएको सुनको मात्रा बिक्री भन्दा बढी देखिएको छ, तर पसलमा सोही अनुसारको सुन मौज्दात छैन । त्यसैले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयलाई जिम्मा लगाइएको हो ।”

तर, पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले प्रहरीको यस्तो छापा गैरकानुनी भएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, “बिलभौचरको छानबिन र अनुसन्धानको जिम्मेवारी राजश्व कार्यालयको हो । प्रहरीले आफ्नो अधिकार क्षेत्र बाहिर गएर पसलमा छापा मारेको छ । सूचना पाएमा सम्बन्धित निकायहरूसँग समन्वय गरेर मात्र छापा मार्नु पथ्र्यो । यो कार्यप्रणालीमा प्रहरीले अत्याचार गरेको छ ।”

प्रहरी र व्यवसायीहरूबीच देखिएको विवादपछि आन्तरिक राजश्व कार्यालयले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सोही अनुसन्धानमा सहकार्य गरिरहेको बताइएको छ ।

Previous Post

सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

Next Post

अशोक राई र राजेन्द्र महतोबीच कार्यगत एकताका लागि हस्ताक्षर

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अशोक राई र राजेन्द्र महतोबीच कार्यगत एकताका लागि हस्ताक्षर

अशोक राई र राजेन्द्र महतोबीच कार्यगत एकताका लागि हस्ताक्षर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l