Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भारतस्थित नेपाली दूतावासले भन्यो– बाढीमा हालसम्म ५ नेपाली मात्र हराएका छन्

राष्ट्र आवाज by राष्ट्र आवाज
August 8, 2025
in समाचार
0
भारतस्थित नेपाली दूतावासले भन्यो– बाढीमा हालसम्म ५ नेपाली मात्र हराएका छन्
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतस्थित नेपाली दूतावासले छिमेकी देश भारतको उत्तारखण्डमा केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म ५ नेपाली हराइरहेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै १७ जना नेपाली हराइरहेको बताए पनि दूतावासले विज्ञप्ति नै जारी गरेर हालसम्म ५ नेपाली बेपत्ता रहेको जनाएको हो । साथै घाइते भएका ४ नेपालीमध्ये ३ जना उपचारपश्चात नेपाल फर्किएको र एक नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

यता विभिन्न सञ्चारमाध्यममा विभिन्न स्रोतहरुबाट दुई दर्जन नेपालीहरु हराइरहेको बताइएको छ ।

यता दूतावासले विज्ञप्ति जारी गर्दै भनको छ, ‘उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगष्टमा भएको बाढी पहिरोपश्चात ५ जना नेपालीहरु हराइरहेका छन् । घाइते भएका ४ नेपालीहरुमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।’

त्यस्तै बाढीपहिरोपछि हराइरहेका नेपालीहरुको उद्धार, राहत र उपचारका लागि नेपालको तर्फबाट भारततर्फ पहल भइरहेको दूतावासले जनाएको छ ।

त्यस्तै हालसम्म सो क्षेत्रबाट ३७२ जनाको सकुशल उद्धार गरिएको र २ जनाको शव प्राप्त भएको छ । जीवित उद्धार गरिएको तथा मृतकको सूचीमा कुनै पनि नेपाली नरहेको दूतावासले जनाएको छ ।

Previous Post

छात्रावासमा सहयोग गरेर भोजपुरी टाइम्सले मनायो बार्षिकोत्सव

Next Post

पाेखरिया अस्पताल विकास समितिकाे अध्यक्षमा मेयर प्रदुमनका भाई उमेश नियुक्त

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पाेखरिया अस्पताल विकास समितिकाे अध्यक्षमा मेयर प्रदुमनका भाई उमेश नियुक्त

पाेखरिया अस्पताल विकास समितिकाे अध्यक्षमा मेयर प्रदुमनका भाई उमेश नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l