Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नाबालिका छोरीमाथि आफ्नै बाबुद्वारा लगातार ६ वर्ष बलात्कार, उजुरी दिएको भन्दै नाबालिकाकी आमामाथि निर्घात कुटपिट

राष्ट्र आवाज by राष्ट्र आवाज
August 8, 2025
in समाचार
0
नाबालिका छोरीमाथि आफ्नै बाबुद्वारा लगातार ६ वर्ष बलात्कार, उजुरी दिएको भन्दै नाबालिकाकी आमामाथि निर्घात कुटपिट
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–६ साधुकुटीमा आफ्नै नाबालिका छोरीलाई पटकपटक बलात्कार गरेको भयावह घटनामा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिका दिदी बहिनीले पीडित बालिकाकी आमालाई निर्घात कुटपिट गरेका छन् ।

१५ वर्षीया नाबालिकामाथि आफ्नै बाबुले ६ वर्षभन्दा लामो समयदेखि बलात्कार गर्दै आएको खुलेसँगै नाबालिकाकी आमाले आफ्नै श्रीमानमाथि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी दिएको र पुर्पक्षका लागि थुनामा रहेको भन्दै पीडक पुरुषका दिदी बहिनीले नाबालिकाकी आमामाथि कुटपिट गरेका हुन् ।

बेलायतबाट आएका उनीहरुसहितले आफूमाथि ज्यानै जानेगरी सामूहिक कुटपिट गरेको नाबालिकाकी आमाले बताइन् ।

‘पीडकविरूद्व उजुरी दिएपछि पीडित नाबालिकाकी आमामाथि उनका आफन्तजनहरूले नियोजित ढंगले कुटपिट गरेका छन्,’ पीडित परिवारकी एक सदस्यले भनिन्, ‘विदेशबाट आएका आफन्तसहित चार जना महिलाले ढोका थुनेर ज्यानै लिने नियतले आक्रमण गरे । कुटपिटका क्रममा मोबाइलसमेत फुटाइयो र प्रमाण नष्ट गर्ने प्रयास गरियो ।’

मोबाइलमा भएका प्रमाण नष्ट गर्नका लागि निर्घात कुटपिट गरिएको उनले बताइन् । उनका अनुसार उक्त घटना २० साउनमा भएको हो । गम्भीर घाइते भएकी महिलाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

‘मोबाइल फुटाउने र प्रमाण नष्ट हुन्छ भन्ने किसिमले कुटपिट गरियो,’ उनी भन्छिन्, ‘एकजना छोरी मान्छे बसेको ठाउँमा आएर योजनाबद्ध ढंगले, ज्यान मार्ने उद्देश्यले घाँटी थिच्ने, कसैले लछारपछार गर्ने र अर्को मानिसले मोबाइलबाट भिडियो बनाउने गरिएको छ ।’

अहिले पीडित महिलालाई आफन्तबाटै ज्यान जोगाउन समस्या भएको उनले बताइन् । यस विषयमा प्रहरीलाई जानकारी दिएपनि प्रहरीले खासै चासो नदेखाएको उनको भनाइ छ । पीडकका आफन्तले प्रहरीलाई प्रलोभनमा पारेको उनको शंका छ ।

नाबालिकाले आफ्नै बाबुबाट भोगेको यौन हिंसा र आमामाथि भएको आक्रमणले परिवारलाई गहिरो मानसिक र सामाजिक पीडा भएको उनको भनाइ छ ।

यो घटनाको इलाका प्रहरी कार्यालय अनारमनीले घटनाको अनुसन्धान गरिरहेको छ । आक्रमणमा संलग्नहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि प्रहरी निरीक्षक सन्तोष राईले बताए । उनले कुटपिटको विषयमा संलग्न चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको बताए । ‘कुटपिट भएको विषयमा चार जनालाई ल्याइएको छ । जाहेरी दिएपछि मुद्दाको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘घरपरिवारको कुरा भएकाले छलफलमा पनि बस्ने कि भन्ने पनि कुरा भएको छ । हालसम्म जाहेरी आएको छैन ।’

तर, जो पीडित हो, उही व्यक्ति अस्पतालमा उपचाररत भएको अवस्थामा भने प्रहरीले छलफल नै गरेर मिलाउन खोजेको पीडितको आरोप छ । नाबालिका बलात्कारको घटनामा संलग्न पुरुष अहिले पुर्पक्षका लागि थुनामा रहेको प्रहरी निरीक्षक राईले बताए । उनले भने, ‘त्यो विषयमा अनुसन्धान सकेर अदालतमा बुझाइसकिएको छ, अदालतमा गइसकेको विषयमा र विचाराधीन रहेको विषयमा नबोलौँ ।’

बालिकामाथिको यौन हिंसा र आमामाथि भएको कुटपिटलाई छुट्टाछुट्टै मुद्दाका रूपमा हेरिएको प्रहरीले जनाएको छ । पीडित परिवारले दोषीहरूलाई कडा कारबाही गर्न माग गरेपनि स्थानीय जनप्रतिनिधिले भने मिल्न दबाब दिएको पीडितले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डीएसपी० खगेन्द्रबहादुर खड्काले भने, ‘कुटपिटको विषयमा सुरुमा भनाभन भएको र पछि सामान्य निहुँबाटै यो अवस्था आएको बुझिएको छ, आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’

जाहेरी दिएपनि प्रहरीले जाहेरी लिन नमानेको पीडितको आरोप छ । खासगरी राजनीतिक दबाबका कारण प्रहरीलाई जाहेरी नलिनका लागि दबाब आएको बुझिएको छ । यस विषयमा डीएसपी खड्काले भने, ‘राजनीतिक दबाबका कारण जाहेरी नलिने भन्ने हुँदैन । घटनाबारे अनुसन्धान गरिरहेका छौँ ।’

नाबालिका कक्षा ४ मा पढ्दादेखि नै बलात्कार

कक्षा ४ पढ्दादेखि सुरु भएको यौन दुर्व्यवहारबारे बालिकाले कक्षा १० मा पुगेर मात्रै घटना सार्वजनिक गरेकी थिइन् । बालिकाले सुरुमा आफूमाथि भएको घटनाबारे आमालाई भनेकी थिइन् । तर आमाले सहजै विश्वास गरिनन् । तर गत चैतमा कुटपिट गर्दै बलात्कार गरेपछि मात्रै नाबालिकाकी आमाले विश्वास गरेकी थिइन् । त्यसको भोलिपल्टै १९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिइयो । २० चैतमा नै प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपछि आनन्दमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको र हाल पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । उनीमाथि बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको र हाल पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

नाबालिकाकी आमाले भनिन्, ‘छोरी करिब ९ वर्षको हुँदादेखि नै बलात्कारको सिकार हुन थालेको रहिछिन्, अहिले १५ वर्षमा पुगेपछि मात्रै थाहा भयो ।’

पीडकले छोरीले लगाएको कपडासमेत जलाएको, घटनाबारे  कसैलाई भनेमा मारिदिने धम्की दिएको, पटकपटक जबरजस्ती करणी गरेको खुलेको छ ।

बालिकालाई हाल सुरक्षित घरमा राखिएको छ । १ वैशाख ०८२ देखि बालिकालाई सुरक्षित घरमा राखिएको हो ।

Previous Post

बहुविवाह सम्बन्धी विधेयक संसदमा पेस नै नहुने

Next Post

सुनको भाउमा कीर्तिमान, एकैदिन एक हजार रुपैयाँले बढ्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुनको भाउमा कीर्तिमान, एकैदिन एक हजार रुपैयाँले बढ्यो

सुनको भाउमा कीर्तिमान, एकैदिन एक हजार रुपैयाँले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l