Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

एमालेको दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड

राष्ट्र आवाज by राष्ट्र आवाज
July 31, 2025
in राजनीति, समाचार, सरोकार, सूचना/प्रविधि
0
एमालेको दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 साउन १५ – नेकपा (एमाले) ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न नेताहरूलाई महत्त्वपूर्ण जिम्मेवारी तोकेको छ। महाधिवेशनलाई सफल बनाउने उद्देश्यले बुधबार महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विस्तृत कार्यविभाजन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।

प्रमुख जिम्मेवारीहरू र व्यवस्थापकीय तयारी

महाधिवेशन प्रतिनिधिको यकिन संख्या पत्ता लगाउने जिम्मेवारी सङ्गठन विभागलाई दिइएको छ। यसमा दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको निधन भयो र कतिले पार्टी छाडे भन्ने विवरण संकलन गरिनेछ।

विभिन्न व्यवस्थापकीय पक्षको जिम्मेवारी यसप्रकार तोकिएको छ:

स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।

स्वयंसेवक परिचालनको जिम्मा जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले पाएका छन्।

सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा. भीष्म अधिकारीलाई तोकिएको छ।

महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई दिइएको छ।

स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मेवारी दिइएको छ।

यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठले पाएका छन्।

महाधिवेशन प्रतिनिधिहरूले आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ। यद्यपि, आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिको हकमा सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्नेछ, जसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ। यस विधान महाधिवेशनमा कुल २,२७९ प्रतिनिधि सहभागी हुनेछन्।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ।

Previous Post

ओलीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

Next Post

बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा  अवरुद्ध

बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l