साउन १५ –प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
समसामयिक राजनीति, सरकारका मन्त्रीको कार्यसम्पादन, हेरफेरसहित विषयमा छलफल गर्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओली बालुवाटारमै स्टार्टअपसम्बन्धी एउटा कार्यक्रममा सहभागी भइरहेका छन् । कार्यक्रमलगत्तै ओली र देउवाबीच छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
पछिल्लो समय केही मन्त्री विवादित बनेको र केहीको कार्यसम्पादन चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका छन् ।
सरकार गठनको एक वर्ष पुगेको असार मसान्तदेखि नै प्रधानमन्त्रीले केही मन्त्री हेरफेर गर्ने गरी संवाद गरेका थिए । यसअघि गृहमन्त्री रमेश लेखकसँग ओलीले पटकपटक छलफल गरेका थिए । लेखकसँग छलफल गरेपछि ओलीले देउवासँग भेट गर्न लागेका हुन् ।
ओलीले केही मन्त्री हेरफेर गर्ने मनसाय बनाए पनि देउवा सहजै मन्त्री फेरबदल गर्न इच्छुक देखिएका थिएनन् ।तर उनलाई पनि केहीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रीमा अवसर दिन दबाब छ ।एका थिएनन् ।
तर उनलाई पनि केहीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रीमा अवसर दिन दबाब छ ।

