Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2025
in समाचार
0
सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – राष्ट्रिय सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा १५ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मिलेमतोमा गुणस्तरहीन प्राेसेसर खरिद गरेर भुक्तानी दिने–लिने कार्यमा संलग्नविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र ठेकेदारसहित ६ जना मुद्दाका प्रतिवादी रहेका छन् ।

केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलेमतो गरेर खरिद गरेको अख्तियारको दाबी छ ।

केन्द्रलाई हानि पुर्‍याउने गरी मापदण्ड विपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । प्रोसेसरबापत १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भुक्तानी लिए/दिएको देखिएको अख्तियारको आरोप छ । बढी भुक्तानी दिइएको यही रकमलाई अख्तियारले बिगो कायम गरेको छ ।

Previous Post

राष्ट्रिय सभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

Next Post

पर्साको तिलाबे खोलामा बेलिब्रिज जडान अनिश्चित, वर्षायाममा जनजीवन थप कष्टकर

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्साको तिलाबे खोलामा बेलिब्रिज जडान अनिश्चित, वर्षायाममा जनजीवन थप कष्टकर

पर्साको तिलाबे खोलामा बेलिब्रिज जडान अनिश्चित, वर्षायाममा जनजीवन थप कष्टकर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l