Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भोटेकोशीको बाढीबाट समस्यामा परेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाइयो

राष्ट्र आवाज by राष्ट्र आवाज
July 10, 2025
in समाचार
0
भोटेकोशीको बाढीबाट समस्यामा परेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाइयो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – भोटेकोशीमा आएको बाढीले समस्यामा परेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढीले बन्द भएको स्याफ्रुबेँशी र रसुवागढी सडक खण्डमा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ जनालाई सुरक्षाका साथ गन्तव्यतर्फ पुर्‍याएको हो । साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित ठाउँमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढीले ९ जनाको ज्यान गएको छ । तीमध्ये ४ जनाको शव र ५ वटा मानव अङ्गमात्र फेला परेको छ । तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक गरी २० जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिँदा रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुर्‍याएकाे छ । नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध छ । त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिममा रहेका घरपरिवारका १ सय ६५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

Previous Post

जीतपुरसिमरा उपमहानगरले ल्यायो दुई अर्ब १ लाखको बजेट

Next Post

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन, आजदेखि पसलहरू पुनः सञ्चालनमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन, आजदेखि पसलहरू पुनः सञ्चालनमा

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन, आजदेखि पसलहरू पुनः सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l