Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बैंकबाट ऋण पाउनु ‘नैसर्गिक अधिकार’: गभर्नर पौडेल

राष्ट्र आवाज by राष्ट्र आवाज
July 3, 2025
in समाचार
0
बैंकबाट ऋण पाउनु ‘नैसर्गिक अधिकार’: गभर्नर पौडेल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बैंकबाट ऋण पाउनु हरेक नागरिकको ‘नैसर्गिक अधिकार’ का रूपमा स्थापित हुनुपर्ने बताएका छन्।

आज प्रतिनिधिसभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथि भएको छलफलमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । गभर्नर पौडेलले बैंकिङ प्रणालीको परम्परागत परिभाषा र अभ्यासमाथि नै मौलिक बहसको आवश्यकता रहेको औँल्याए। उनले प्रस्तावित बाफिया संशोधनका व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास र प्रतिबद्धताअनुरूप भए पनि अबको बहस सतही नभई गहिरो हुनुपर्नेमा जोड दिएका छन् ।

ऋणमा पहुँच र ‘पब्लिक गुड्स’ को अवधारणा

गभर्नर पौडेलले ऋणमा पहुँचलाई नागरिकको मौलिक अधिकारसँग जोड्दै भने, ‘तपाईंसँग राम्रो परियोजना छ भने ऋण पाउनु तपाईंको नैसर्गिक अधिकार हो। जसरी तपाईंले घाम ताप्न वा पानी पिउन पाउनुहुन्छ, यो पनि त्यस्तै हो।’ उनले यसका लागि हरेक नागरिकको अधिकार बराबर हुनुपर्नेमा जोड दिए।

पौडेलले बैंकिङ प्रणालीमा रहेको करिब ७० खर्ब रुपैयाँ लाई ‘पब्लिक गुड्स’ (सार्वजनिक सम्पत्ति)को रूपमा हेरिनुपर्ने तर्क गरे। उनले सम्पत्ति माथिको अधिकारको रक्षा र वित्तीय अनुशासनबीच सन्तुलन कायम गर्ने चुनौतीमाथि गम्भीर विमर्श गर्न आग्रह गरे।

Previous Post

काेल्हवी प्रहरीद्वारा मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ, ५ ओटा मोटरसाइकल बरामद

Next Post

एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l