Sunday, July 20, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राष्ट्रिय सभाका सांसदको माग : कुलिङ पिरियडमा बदमासी गर्ने दोषी पत्ता लगाएर मात्रै विधेयक संशोधन गरौं

राष्ट्र आवाज by राष्ट्र आवाज
July 2, 2025
in समाचार
0
राष्ट्रिय सभाका सांसदको माग : कुलिङ पिरियडमा बदमासी गर्ने दोषी पत्ता लगाएर मात्रै विधेयक संशोधन गरौं
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबल गरेका हुन् ।

राष्ट्रिय सभाका सदस्यहरूले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिबाट पारित भएको ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० मा कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाएका छन्।

बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले संघीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानविन हुनुपर्ने माग गरेका थिए । राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरिन्।

त्यस्तै राष्ट्रियसभा सदस्य बिष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरूलाई सच्चाउन माग गरे। उनले विधेयकमाथि चलखेल गर्नेमाथि छानविन गरेर कारवाही गर्न माग गरिन्।

त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएपछि त्यसबिपरित विधेयक आएको भन्दै आपत्ति जनाए । कानुन निर्माण जस्तो विषयमा भएको किर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारवाही गर्न उनले माग गरे।

सांसद सावित्री मल्लले पनि निजामती सेवा विधेयकमा अनाधिकृत रूपमा परिवर्तन गरिएको जनाउँदै यस्तो कार्य संसद्प्रति नै अपमानजनक भएको टिप्पणी गरिन् । त्यस्तै अन्य सदस्यहरूले समेत निजामती विधेयकका सन्दर्भमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।

 

Previous Post

गाउँपालिकाका सरकारी विद्यालयमा चरम शैक्षिक गिरावट, जवाफदेही को — युवा नेता अनिल साहको आक्रोश

Next Post

जनकपुरमा ज्वाइँद्वारा ससुराको छुरा प्रहार गरी हत्या

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बाराको नितनपुरस्थित एक उद्योगमा काम गर्ने युवकको शंकास्पद मृत्यु,कुटपिटबाट हत्या भएको मृतकका भाईको आरोप

जनकपुरमा ज्वाइँद्वारा ससुराको छुरा प्रहार गरी हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l