Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

संवैधानिक नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले आज फैसला सुनाउने

राष्ट्र आवाज by राष्ट्र आवाज
June 11, 2025
in समाचार
0
बजेटले अदालतको अवहेलना गरेको सम्बन्धी रिटमा आज सुनुवाइ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले करिब साढे चार वर्षअघि परेको मुद्दाको अन्तिम सुनुवाइ यही जेठ २ गते सम्पन्न गरेको थियो । त्यसपछि इजलासले जेठ २८ गते (आज) लाई फैसलाको मिति तोकेको हो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ / २०७८ मा अध्यादेश जारी गरी १३ संवैधानिक निकायका ६१ पदमध्ये ५२ पदमा पदाधिकारी नियुक्त गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा ती नियुक्तिहरू तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अनुमोदन गरिएको थियो ।

उक्त परिषद् बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए, भने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले बैठक बहिष्कार गरेका थिए । उनीहरूले उक्त बैठकलाई संविधानविपरीतको अध्यादेशका आधारमा बोलाइएको भन्दै विरोध जनाएका थिए।

यी नियुक्तिहरूलाई लिएर अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले १५ वटा रिट दायर गरेका थिए । ती रिटहरूमाथि पटक-पटक सुनुवाइ हुँदै आएको हो।

यसबीच, नियुक्त गरिएका ५२ मध्ये ३२ पदाधिकारीको चार वर्षे कार्यकाल गत माघ २१ गते समाप्त भइसकेको छ भने बाँकी २० जनाको कार्यकाल पनि अन्तिम चरणमा पुगेको छ।

Previous Post

भारत लैजान लागिएको झन्डै १४ सय वटा कृत्रिम सेक्स टोयसहित दुई भारतीय पक्राउ

Next Post

झापामा तीन जना मृत फेला

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
झापामा तीन जना मृत फेला

झापामा तीन जना मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l