Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जनताको भरोसालाई २०६४ मा जस्तो विचलित हुन दिन्नौं : अध्यक्ष दाहाल

राष्ट्र आवाज by राष्ट्र आवाज
June 10, 2025
in समाचार
0
जनताको भरोसालाई २०६४ मा जस्तो विचलित हुन दिन्नौं : अध्यक्ष दाहाल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज  – बाबुराम भट्टराईको पार्टी परित्याग गरी केन्द्रीय सचिवालय सदस्य माओवादीमा प्रवेश

पोखरा — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताको पुनः माओवादीप्रति बढ्दो भरोसालाई २०६४ सालको जस्तो विचलनमा पर्न नदिने दाबी गरेका छन् । पार्टीको पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले विगत कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा नयाँ अभियानका साथ अगाडि बढ्ने स्पष्ट पारे ।

‘मैले ०६४ तिरै जनता फर्किंदै गरेको, माओवादीले मात्रै हाम्रा मुद्दाहरूलाई, हाम्रा हकहितहरूलाई सही ढंगले सम्बोधन गर्न सक्छ भन्ने महसुस गरेको मैले थाहा पाएको छु,’ उनले भने, ‘हामीले जनताको त्यो भरोसा, त्यो विश्वासलाई ०६४ जस्तो विचलित हुन दिने छैनौं, चौसठ्ठी जस्तो विभाजित हुन दिने छैनौं । बरु सम्पूर्ण इमानदार, प्रगतिशील र क्रान्तिकारी शत्तिलाई एकजुट बनाएर नयाँ अभियान चलाउनेछौं ।’

उनले अघिल्ला निर्वाचनहरूमा माओवादीले प्राप्त गरेको अपार समर्थनलाई कायम राख्न नसकिएको स्वीकार गरे । ‘हामी पहिलो शक्तिबाट तेस्रोमा झर्‍यौं, त्यो हाम्रो कमजोरी थियो,’ उनले भने, ‘मैले स्वयं शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ ।’

उनले पार्टी एकताको लहर पुनः सुरु भएको उल्लेख गर्दै हालै माओवादी केन्द्रमा गंगा श्रेष्ठको समूह, नेपाः राष्ट्रिय पार्टी, जनता समाजवादी पार्टीका केही नेता तथा पोखराबाट बाबुराम भट्टराई समूहका किरण थापा नेतृत्वको समुह समाहित भएको जानकारी दिए ।

‘हिजोका सपना बोकेका साथीहरू पुनः माओवादी केन्द्रमा फर्किंदै छन्,’ उनले भने, ‘यो केवल पार्टी एकता होइन, नयाँ आन्दोलन र नयाँ क्रान्तिको सुरुवात हो ।’ उनले सुकुम्बासी समस्या समाधानका लागि माओवादी नेतृत्वको सरकारले पहल गरेको भन्दै अब आवश्यक परे सडकमा उत्रने चेतावनी पनि दिए । ‘जरूरी पर्‍यो भने संसद् मात्र होइन, सडक र सरकारका मोर्चाबाट पनि लडाइँ लड्छौं,’ उनले ।

Previous Post

काठमाडौंको टोखामा गोली चल्यो, दुई प्रहरी पनि घाइते

Next Post

एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l