वीरगंज – पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक आईतबार दिउँसो करिब ३:१० बजे भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार गण्डकबाट बसपार्कतर्फ गइरहेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। एकको घटनास्थलमै मृत्यु, तीन घाइतेको बारामा उपचार
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवा भट्टका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई तत्काल बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा लगिएको केहीबेरमै करिब ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकहरूले दिउँसो ३:५० बजे मृत घोषणा गरेका थिए। उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको जनाइएको छ।घाइतेहरूको अवस्था गम्भीर
अन्य घाइतेहरूमा कार चालक गणेश सर्राफ (उमेर करिब ४०), बेतिया नरकटियागञ्ज निवासी रहेका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। त्यस्तै, २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरमा मध्यम चोट लागेको बताइएको छ।
२१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले कार नियन्त्रणमा लिँदै, अनुसन्धान जारी
घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने दुर्घटनामा संलग्न कारलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

