Saturday, November 14, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्ज कपडा बैंक द्वारा छठ महापर्वको अवसरमा छठव्रतालुहरुमा नया साडी र कपडा वितरण ।

राष्ट्र आवाज by राष्ट्र आवाज
२०८३ कार्तिक २८, शुक्रबार १४:४१
in समाचार
0
वीरगन्ज कपडा बैंक द्वारा छठ महापर्वको अवसरमा छठव्रतालुहरुमा नया साडी र कपडा वितरण ।
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
  1. २७ कार्तिक वीरगन्ज । चारदिने छठ महापर्व २०८३ को अवसरमा वीरगन्ज कपडा बैंकले छठव्रतिहरुलाइ नया साडी र कपडाहरु वितरण गरेको छ । छठ महापर्वको पहिलो दिन नहायखाय को दिन शुक्रवार वीरगन्जको घण्टाघरमा छठव्रतालुहरुलाइ ६७ थान नया साडी सहित केही नया र पुरानो करिब ४ सय ५० थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो ।
    सो अवसरमा प्रमुख अतिथी समाजसेवी अधिवक्ता कुर्मिले छठ महापर्वमा बिपन्न असहायहरुले पनि पुजा गर्न सहज होस भनी हाम्रो सानो सहयोग गरेका हौ र यो हाम्रो बिगत ७ वर्ष देखि नै प्रत्येक वर्ष गर्दै आएको बताउदै मानविय सेवाको कार्यहरुमा हामी सबैले आफ्नो आम्दानिको ५ प्रतिशत रकम दिन दुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्नु पर्दछ जस्ले गर्दा मानवता बलियो हुन्छ किनभने मानवको सेवा नै सर्वोत्तम धर्म हो भन्दै सेवा सहयोग गर्न आग्रह गर्दै छठ महापर्वले दिएको प्रकृतिको सम्मान संरक्षण गर्दै आस्था समानतालाई मनन गर्दै आपसी एकता भाइचारा बलियो बनोस शुभकामना गरेका थिए ।
    वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको बिशिस्ट अतिथिहरु सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता,निवर्तमान अध्यक्ष रम्भा मिश्रा,नेपाल बार एसोसिएसन पर्साका सदस्य अधिवक्ता आशुतोष तिवारी ,ओम प्रकाश सराफ, समाजसेवी नागेन्द्र सिंह , गौरी गुप्ता,नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल राउत अहिर, हुकुम सिंह राजपुत , शम्भु महतो थारु,शेखर चौधरी ,रुपशिला जैसवाल , घण्टाघर प्रहरी पोष्टका प्रमुख महेन्द्र चौधरी , राज सराफ,जाकिर हुसेन,रोशन श्रेष्ठ ,बैंकका सदस्यहरु हरेन्द्र पटेल,केदार गुप्ता,जानकी देवि ,सन्जु साह लगायत को सहभागिता रहेकों सदस्य नवराज भट्टराईले बताए ।
    सो अवसरमा सल्लाहकारद्वय अधिवक्ता गुप्ता एवं निवर्तमान अध्यक्ष रम्भा मिश्राले मानवसेवा गर्नु हामि सबै मानवको प्रमुख कर्म र धर्म हो त्यसैले सम्पुर्णले आआफ्नो वरिपरि रहेका बिपन्न असहायहरुको सेवा सहयोग गर्न आग्रह गर्दै छठ महापर्वको शुभकामना ब्यक्त गरेका थिए ।
    सो कार्यक्रममा अध्यक्ष सिंहले प्रत्यक्षदेवता सुर्य एवं प्रकृतीको पुजा आस्था समानताको महापर्व छठ पुजाको अवसरमा छठव्रतिहरु लाइ नया साडी उपलब्ध गराइ सेवा सहयोग गर्न पाएकोमा आफुहरु हर्षित भएको बताउदै सहयोग गर्ने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार , पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गर्दै छठ महापर्वको देश विदेशमा रहेका सम्पुर्णलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
Previous Post

भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l