Sunday, September 6, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

लायन्स क्लब अफ वीरगंज गेटवे द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
September 6, 2026
in समाचार
0
लायन्स क्लब अफ वीरगंज गेटवे द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह, २१ भदौ, वीरगंज

लायन्स क्लब अफ वीरगंज गेटवे द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वीरगंज-१४ मा अवस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात कन्या मा. विद्यालय परिसरमा आइतबार सञ्चालन गरिएको वृहत् वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका ४५ अशोकका बिरुवा सहित कुल ५५ वटा बोटबिरुवा रोपण गरिएको छ।

लायन्स क्लब वीरगंजका अध्यक्ष समाजसेवी प्रकाश उपाध्याय*को अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा एरिया अध्यक्ष *सुनील गुप्ता, सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष विरेन्द्र आर्य, वकिल रौनियार, फैयाज आलम, इ. श्याम बाबु प्रसाद, विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराज, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कासिम अंसारी, पूर्व अध्यक्ष अजमत आरा, समाजसेवी लतिफुर रहमान, रफिक अन्सारी, अनवर रिजवान, प्रभाकर जैसवाल, शिक्षिका रोशन आरा, सलमा खातुन, अपसर आलम, नुरजहा वेगम लगायत कक्षा ८, ९, १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा लायन्स क्लब अफ वीरगंज गेटवे का अध्यक्ष तथा समाजसेवी *प्रकाश उपाध्याय*ले आजको भयावह समयबाट बाहिर निस्कने अचुक उपाय र समाधान वृक्षारोपण नै भएको बताउँदै “वृक्षारोपण गरौं र वातावरण बचाऔं” को नारालाई आत्मसात गर्दै सबैले वृक्षारोपण गर्ने, यसको संरक्षण, सम्बर्द्धन र सम्मान दिने आग्रह गरे। कार्यक्रम विद्यालयमा गर्नुको उद्देश्य विद्यार्थीहरुलाई वृक्षारोपण प्रति जागरुक बनाउनु रहेको भन्दै सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरे।

Previous Post

दक्षिण कोरियाका विदेशमन्त्री चो नेपाल भ्रमणमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l