लालबाबु सिंह १३ असार बिरगंज । थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिरगंज ५ स्तिथ थारु छात्रावासको सभाहलमा शनिबार भएको अधिवेशनले पुनम चौधरीको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सचिवमा अर्जुन चौधरी,सहसचिवमा अजय पञ्जियार, कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।
कार्यक्रम का सभापतित्व पुर्व अध्यक्ष शम्भु महतो थारुको अध्यक्षता एवं प्रमुख अतिथि शान्तकुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विशिष्ट अतिथि सन्तोष दहित , अतिथिहरु थारु छात्रावास बिरगंजका अध्यक्ष शेखर चौधरी ,दुष्यन्त चौधरी ,परमानन्द चौधरी, ओम प्रकाश चौधरी लगायत सम्पूर्ण सदस्यहरु तथा छात्रावासका पदाधिकारी सदस्य एवं विद्यार्थीहरु को बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा प्रमुख अतिथी शान्तकुमार चौधरीले नयाँ कार्यसमितिले सत्य तथ्यको आधार बनाइ आआफ्नो ठाउबाट थारु पत्रकार संघलाई नयाँ उचाइमा पुर्याउनु पर्नेमा जोड दिदै यसको लागि एकताबद्ध ,अनुशासित भएर कर्मठतापुर्वक ईमान्दारिता साथ पत्रकारिता गर्नुपर्ने र हामी सबै सधै तपाइहरु संग साथ रहने आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दै सम्पुर्णलाई बधाई शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष सचिव लगायत सम्पुर्ण पदाधिकारी सदस्यजनले थारु पत्रकार संघ लाई पर्सामा मात्र नभै मधेश र देशै भरी सम्मान दिलाउने गरि भित्री मनै देखि एकताबद्ध भयेर कार्य गर्ने अठोट गरेका थिए ।
