लालबाबु सिंह बैशाख ५ वीरगन्ज । वीरगन्ज समाज सेवा द्वारा वीरगन्ज को नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको छ । विगत २ वर्ष देखि प्रत्येक शनिबार २ वर्ष बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध एवं गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले ” सेवा नै धर्म हो ” को मुलमन्त्र लाइ आत्मसात गरि विगत २ वर्ष देखी प्रत्येक शनिबार करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवा दिदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरुको अनुहारमा आएको हासी खुशी देखेर आफुहरु पनि खुशी हुने गर्व लाग्ने गरेको बताउदै तपाइहरु पनि जहाँ हुनुहुन्छ त्यही आपसी हातेमालो गरि दिनदुखी असहायको सेवा सहयोग गर्नुस भनी आग्रह गर्दै हाम्रो अभियान लगातार तेस्रो वर्षमा प्रवेश गराउन सहयोग गर्ने सम्पुर्ण दाता,शुभेच्छुक , सल्लाहकार , पदाधिकारी सदस्यजन लगायत सहयोगी हातहरुलाइ हार्दिक आभार ब्यक्त गरेका थिए ।
सो अवसरमा सचिव प्रकाश वाहेतिले कोहि भुखानरोस भनी २ वर्ष अगाडि माइस्थान मन्दिर प्राङ्गणमा केही साथिहरु मिलेर सेवा अभियान शुरु गरेको स्मरण गर्दै ३ स्रो सप्ताह देखि हामिले यो नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरु को उपचार स्थल भएको र यहा घर जस्तै खाना निशुल्क रुपमा निरन्तर भोजन खुवाएर सेवा गर्दा असाध्यै खुशी एवं गर्व लाग्ने गरेको बताउदै सम्पुर्णले यो सुअभियानमा हातेमालो गरि मानवता बलियो बनाउन आग्रह गरे ।
आजको भोजनमा समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल,आलु कोभिको मिक्स तरकारी , हरियो भुटेको खुर्सानीको अचार ,हरियो काक्रो लगायतको भोजन वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सप्पन्न निशुल्क भोजन कार्यक्रममा समाजका सचिव प्रकाश वाहेती, लालबाबु सिंह बिरेन्द्र आर्य,निशान्त लाठ,देवव्रत आर्य,मुकेश अग्रवाल,सतिश सरावगी ,रामबाबु गुप्ता, बजरङ अग्रवाल,शंकर राइ,राजेन्द्र भट्टराई ,अभिलाष गुप्ता लगायतले सेवा प्रदान गरेका थिए ।
