वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनाभरको प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण तथा फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ।
अपराध नियन्त्रण:
- कुल १५२ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५८ वटा संगठित तथा आर्थिक अपराधसम्बन्धी रहेका छन्।
- विभिन्न घटनामा संलग्न १०२ जना प्रतिवादीलाई पक्राउ गरिएको छ।
फैसला कार्यान्वयन:
- फरार रहेका ६८ जना प्रतिवादीलाई पक्राउ गरी १३ वर्ष ३ महिना २५ दिन कैद भुक्तान गराएको छ।
- १ करोड २३ लाख २० हजार ७४८ रुपैयाँ जरिवाना असुल गरेको छ।
राजस्व चुहावट नियन्त्रण:
- ५ करोड ४० लाख ४२ हजार ४०५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
- भन्सार छलीका सामानमध्ये १ लाख ६४ हजार ५३० रुपैयाँ मूल्य बराबरका सामग्रीसहित एक जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण:
- ७ वटा मुद्दा दर्ता गरी १३ जनालाई पक्राउ गरिएको छ।
- १६४ केजी ९६ ग्राम गाँजा, १.८५ ग्राम ब्राउन सुगर र ५१ हजार ८०० वटा विभिन्न औषधिजन्य लागू पदार्थ बरामद गरिएको छ।
सवारी दुर्घटना:
- ७८ वटा दुर्घटना भएका छन्, जसमा २ जनाको मृत्यु र १२१ जना घाइते भएका छन्।
- ट्राफिक कारबाहीमा ९०९ सवारीसाधनलाई कारबाही गरी ११ लाख ५६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ।
