Saturday, October 24, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सा प्रशासनमा सेवाग्राहीको सास्ती घटाउन सांसदहरूको चासो, ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी

राष्ट्र आवाज by राष्ट्र आवाज
२०८२ चैत्र १७, मंगलवार १०:४६
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
पर्सा प्रशासनमा सेवाग्राहीको सास्ती घटाउन सांसदहरूको चासो, ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरूले भोग्दै आएका झन्झट र प्रशासनिक अड्चन हटाउन नवनिर्वाचित सांसदहरूले सक्रिय चासो देखाएका छन्। पर्सा–१ का सांसद हरि पन्त र पर्सा–२ का सांसद सुशील साह कानु संयुक्त रूपमा कार्यालय पुगेर अनुगमन गर्दै सेवा प्रवाहबारे विस्तृत जानकारी लिएका हुन्।

अनुगमनका क्रममा सांसदद्वयले सेवा लिन आएका सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरे। सेवाग्राहीहरूले एउटै फाइलमा ‘तोक’ लगाउन र स्वीकृति लिन विभिन्न कोठा धाउनुपर्ने, साना कामका लागि पनि घन्टौँ कुर्नुपर्ने तथा प्रशासनिक प्रक्रिया अत्यन्त झन्झटिलो रहेको गुनासो गरेका थिए।

त्यसपछि सांसदहरूले प्रमुख जिल्ला अधिकारी भोलादाहालसँग भेटेर सेवा प्रवाह सुधारका उपायबारे छलफल गरेका थिए। छलफलका क्रममा प्रजिअ दाहालले सेवालाई प्रविधिमैत्री र सरलीकृत बनाउन चालिएका कदमबारे जानकारी दिँदै कार्यालयको कार्यसम्पादन चुस्त बनाउने र बिचौलियामुक्त सेवा सुनिश्चित गर्न ‘एकद्वार प्रणाली’ लागू गर्ने योजना अघि सारिएको बताए।

सांसद पन्त र साहले सरकारी अड्डामा जनताले सास्ती पाउनु लोकतन्त्रकै उपहास भएको उल्लेख गर्दै सेवा सहज, छिटो र सम्मानजनक बनाउनुपर्नेमा जोड दिए। उनीहरूले प्रजिअले थालेका सुधारका प्रयासहरूले जनअपेक्षा पूरा गर्ने र समयको बचत हुने विश्वास व्यक्त गरे।

Previous Post

संसद् अधिवेशनअघि सर्वदलीय बैठक आह्वान, १९ चैतमा प्रतिनिधिसभाको पहिलो बैठक

Next Post

मध्यपूर्वमा ३६ लाख रोजगारी जोखिममा, १७ लाख नेपाली युवा र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मध्यपूर्वमा ३६ लाख रोजगारी जोखिममा, १७ लाख नेपाली युवा र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा

मध्यपूर्वमा ३६ लाख रोजगारी जोखिममा, १७ लाख नेपाली युवा र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l