Saturday, May 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

राष्ट्र आवाज by राष्ट्र आवाज
March 27, 2026
in राजनीति, समाचार, समाज, सरोकार
0
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह शुक्रबार नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले संविधानको धारा ७६ (१) अनुसार उनलाई बहुमतप्राप्त दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरेका हुन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट केपी शर्मा ओली लाई पराजित गर्दै निर्वाचित भएका शाहले कुल ६८ हजार ३४८ मत प्राप्त गरेका थिए भने ओलीले १८ हजार ७३४ मत मात्रै ल्याएका थिए। झापा–५ जस्तो एमालेको बलियो गढमा शाहले ४९ हजारभन्दा बढी मतान्तरले जित हासिल गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेपछि उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको थियो। पार्टी सभापति रवि लामिछाने सँग भएको सातबुँदे सहमतिपछि शाहले सोही पार्टीबाट चुनावी अभियान चलाएका थिए। निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेपछि उनी संसदीय दलको नेता चयन भएका हुन्।

इन्जिनियर तथा सांगीतिक पृष्ठभूमि भएका शाह ३२ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको मेयर बनेका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा लोकप्रियता हासिल गरेका उनी कार्यकाल बाँकी छँदै केन्द्रीय राजनीतिमा प्रवेश गरेर छोटो समयमै देशको प्रधानमन्त्री बन्न सफल भएका छन्।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२:३४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शपथग्रहणपछि उनले १५ देखि १८ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।

यद्यपि, स्थानीय तहबाट राष्ट्रिय राजनीतिमा तीव्र उकालो चढेका शाहका लागि प्रधानमन्त्री पद चुनौतीपूर्ण रहने विश्लेषकहरूको भनाइ छ।

Previous Post

वीरगंजको गहवा माई मन्दिरमा आज भव्य ‘महाआरती’: तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो

Next Post

बालेन शाहको क्याबिनेटमा को-को बन्दैछन् मन्त्री?

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बालेन शाहको क्याबिनेटमा को-को बन्दैछन् मन्त्री?

बालेन शाहको क्याबिनेटमा को-को बन्दैछन् मन्त्री?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l