Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्ज हेल्थ केयरको सहयोगमा सशस्त्र प्रहरीले पर्साका चार अपांग व्यक्तिलाई ह्वीलचेयर वितरण

राष्ट्र आवाज by राष्ट्र आवाज
March 17, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
वीरगन्ज हेल्थ केयरको सहयोगमा सशस्त्र प्रहरीले पर्साका चार अपांग व्यक्तिलाई ह्वीलचेयर वितरण
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — वीरगन्ज हेल्थ केयर हस्पिटलको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणले पर्साको विभिन्न गाउँपालिका तथा वडा क्षेत्रमा रहेका चार जना अपांगता भएका व्यक्तिलाई घरमै पुगेर ह्वीलचेयर वितरण गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले जिराभवानी गाउँपालिका–१ पकडीटोला निवासी ६२ वर्षीय प्रेम चौधरी, वडा–२ सेढवाका ३५ वर्षीय विनोद दास थारु, धोबनी गाउँपालिका–५ का ४२ वर्षीय मनबोध चौधरी मलाह र बिन्दबासिनी गाउँपालिका–३ झौवा निवासी १० वर्षीय आलोक कुमार रामलाई उनीहरूको घरमै पुगेर ह्वीलचेयर प्रदान गरेका हुन्।

सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिनु भयो कि यस पहलले अपांगता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न र दैनिक हिँडडुलमा सहजता ल्याउन सहयोग पुर्‍याउनेछ।

ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक क्षेत्री, सामाजिक अभियन्ता थारु, सम्बन्धित वडाका वडाध्यक्ष, रामसुरत प्रसाद कुर्मी, औरंगजेब अहमद लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

यसअघि पनि सशस्त्र प्रहरी गण–१३ ले पर्सा जिल्लाका दुर्गम क्षेत्रहरूमा पुगेर असहाय र विपन्न व्यक्तिहरूलाई आवश्यक सहयोग पुर्‍याउँदै आएको जनाएको छ।

Previous Post

रास्वपाले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम सुरु, संसद् अभ्यास र नीति निर्माणमा प्रशिक्षण

Next Post

चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुलको ५औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुलको ५औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुलको ५औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l