Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएका एक वन अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ।

कृष्णदत्त भट्ट लाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो। उनी वन निर्देशनालय, कैलाली मा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत हुन्।

प्रहरीका अनुसार भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेश बाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलाली का प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना का अनुसार भट्टलाई विद्युतीय अपराधसम्बन्धी जाहेरीका आधारमा नियन्त्रणमा लिइएको हो।

मुख्यमन्त्री कमलबहादुर शाह का स्वकीय सचिव प्रयागराज खनाल ले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

यसअघि भट्टले सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए। सोही आरोपपछि वन मन्त्रालयले उनीसँग स्पष्टीकरण पनि मागेको थियो।

Previous Post

सपथ ग्रहणअघि पर्सा–१ का सांसद हरि पन्त सहिद असाब आलम ठकुराइको घरमा

Next Post

वीरगञ्जमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

वीरगञ्जमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l