Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा प्रहरी कर्मचारीका लागि स्वास्थ्य तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
वीरगञ्जमा प्रहरी कर्मचारीका लागि स्वास्थ्य तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण सम्पन्न
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जस्थित वडा प्रहरी कार्यालय बिर्ताको आयोजनामा प्रहरी कर्मचारीहरूको स्वास्थ्य, कार्यक्षमता तथा मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत गरी करिब ५० जना प्रहरी कर्मचारीलाई नारायणी अस्पताल वीरगञ्जका कन्सल्टेन्ट फिजिसियन डा. निरज कुमार सिंहले “Fit Police, Healthy Mind, Safe Nation” विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा डा. सिंहले प्रहरी कर्मचारीहरूको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, नियमित व्यायाम, स्वस्थ जीवनशैली तथा तनाव व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो। उहाँले प्रहरीहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा मात्रै समाज र राष्ट्रको सुरक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्न सकिने बताउनुभयो।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई लगायतको विशेष उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले यस्ता कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै सेवामा थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

आयोजकका अनुसार प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।

Previous Post

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

Next Post

रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l