Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले ‘संघर्षको राजनीति’ भने निरन्तर जारी राख्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सीके राउतले संसदीय (पदको) राजनीतिबाट टाढा रहने तर राजनीतिक गतिविधिबाट भने अलग नहुने स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने। म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु— म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन।”

उनका अनुसार उनी राजनीतिमा सक्रिय रहँदै आफ्नो सिद्धान्त र एजेन्डालाई अगाडि बढाउने तथा जनताको हितका लागि निरन्तर संघर्ष गर्नेछन्।

जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिमा उदाएको दल हो। त्यसबेला पार्टीले उल्लेखनीय सफलता हासिल गरेको थियो। प्रत्यक्षतर्फ अध्यक्ष राउत स्वयं निर्वाचित भएका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर पाँच सांसद सिट प्राप्त गरेको थियो।

तर २०८२ फागुन २१ मा भएको पछिल्लो निर्वाचनमा भने पार्टीले कुनै सिट जित्न सकेन। सप्तरी–२ बाट प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रामजी यादवसँग पराजित भए। पार्टीका अन्य प्रत्यक्ष उम्मेदवारले पनि जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाउन सकेन।

राउतले अब आफू संसदीय राजनीतिबाट टाढा रहेर पार्टीलाई आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि तयार पार्ने बताएका छन्। “जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु,” उनले उल्लेख गरेका छन्।

यससँगै उनले आफू सधैं जनतामाझ रहने, विभिन्न आन्दोलन र संघर्षमा सहभागी हुने तथा अधिकार र पहिचानको लडाइँमा भूमिका निर्वाह गर्ने बताएका छन्।

इच्छाविपरीत अध्यक्ष बनेको दाबी

राउतले पार्टी अध्यक्ष बन्नु पनि आफ्नो व्यक्तिगत चाहना नभएको बताएका छन्। उनका अनुसार सरकारले काम गर्न नदिएको र जनतामाझ जान रोक लगाएपछि पार्टी गठन गर्ने निर्णय गरिएको थियो।

पार्टी गठनको क्रममा नरेन्द्र प्रसाद चौधरी लगायतका नेताहरूलाई अध्यक्ष बन्न आग्रह गरे पनि उनीहरूले नमानेपछि आफूलाई नै अध्यक्ष बन्नु परेको उनले बताएका छन्।

उनले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको दाबी पनि गरेका छन्। २०७९ सालको निर्वाचनमा विजयी भएका उनी यसपटक भने पराजित भएका हुन्।

Previous Post

मारवाडी प्रिमियर लिग–३ को तेस्रो दिनका खेल सम्पन्न, माछापुच्छ्रे BTS ब्लास्टर र गौरीशंकर हिटर्स विजयी

Next Post

वीरगञ्जमा प्रहरी कर्मचारीका लागि स्वास्थ्य तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा प्रहरी कर्मचारीका लागि स्वास्थ्य तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण सम्पन्न

वीरगञ्जमा प्रहरी कर्मचारीका लागि स्वास्थ्य तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l