Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मारवाडी प्रिमियर लिग–३ को तेस्रो दिनका खेल सम्पन्न, माछापुच्छ्रे BTS ब्लास्टर र गौरीशंकर हिटर्स विजयी

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in समाचार, समाज, सम–सामयिक
0
मारवाडी प्रिमियर लिग–३ को तेस्रो दिनका खेल सम्पन्न, माछापुच्छ्रे BTS ब्लास्टर र गौरीशंकर हिटर्स विजयी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज-मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। प्रतियोगिता वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी रहेको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरूमा खेलाडी तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल १० वटा टोली सहभागी रहेका छन् भने प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ। विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।

तेस्रो दिनको पहिलो खेल माछापुच्छ्रे BTS ब्लास्टर र मकालु महाकाल राइजरबीच भएको थियो। उक्त खेलमा मकालु महाकाल राइजरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। लक्ष्य पछ्याएको माछापुच्छ्रे BTS ब्लास्टरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै ११५ रन बनाउँदै ६ विकेटले शानदार जित हात पारेको थियो।

त्यसैगरी तेस्रो दिनको दोस्रो खेल एभरेष्ट ब्लेजिङ र गौरीशंकर हिटर्सबीच सम्पन्न भएको थियो। खेलमा एभरेष्ट ब्लेजिङले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर हिटर्सले १४.१ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाउँदै ५ विकेटले जित हासिल गरेको थियो।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै समुदायबीच आपसी सद्भाव, एकता तथा खेल संस्कृतिलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Previous Post

कांग्रेसको समानुपातिक बन्दसूचीमा १५ महिला र ५ पुरुषको नाम पठाइयो

Next Post

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l