काठमाडौं — नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। पार्टीले पाएको २० सिटमध्ये १५ महिला र ५ पुरुष गरी नाम पठाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
चालिसेका अनुसार क्लस्टर मिलाउँदा आदिवासी–जनजातिबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रलाई मिलाएर कुल ५ जनाको नाम पठाइएको छ।
उनले भने, “बन्दसूची हामी आजै निर्वाचन आयोगमा पठाउँछौं। केही क्लस्टरमा तल–माथि भएको खण्डमा आयोगले परिवर्तन गर्ने सुविधा पनि दिनेछ।”
प्रवक्ताले निर्वाचन आयोगले नै नामहरू सार्वजनिक गर्ने जानकारी दिएका छन्।

