Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आदर्शनगरमा लैंगिक हिंसा विरुद्ध जनचेतना अभियान, सर्वसाधारणलाई पर्चा वितरण

राष्ट्र आवाज by राष्ट्र आवाज
March 11, 2026
in समाचार, समाज, सम–सामयिक
0
आदर्शनगरमा लैंगिक हिंसा विरुद्ध जनचेतना अभियान, सर्वसाधारणलाई पर्चा वितरण
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज-ग्रिन सिटी सामुदायिक प्रहरी आदर्शनगरको अनुरोध तथा शान्त एवं सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीद्वारा लैंगिक हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रम अन्तर्गत वीरगञ्जको मुख्य चौक आदर्शनगर क्षेत्रमा सर्वसाधारणलाई लैंगिक हिंसाबारे जानकारी गराउने उद्देश्यले पर्चा तथा पम्पलेट वितरण गरिएको हो। उक्त कार्यक्रम ग्रिन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको निर्देशनमा सम्पन्न भएको थियो।

कार्यक्रममा ग्रिन सिटी सामुदायिक प्रहरी आदर्शनगरका वरिष्ठ हवल्दार कुमार बिक, प्रहरी जवान अमर सिंह साउद तथा प्रहरी जवान सतिराम परियारको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले आदर्शनगर चौकमा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई पर्चा वितरण गर्दै लैंगिक हिंसाबारे सचेतना फैलाएका थिए।

पर्चामा लैंगिक हिंसा के हो, यसको प्रकार तथा यसलाई अन्त्य गर्ने उपायबारे जानकारी दिइएको थियो। जानकारी अनुसार लैंगिक हिंसा समाजद्वारा सिर्जित लिंगभेदको परिणाम हो, जुन जैविक नभई सामाजिक मूल्य–मान्यता, अन्धविश्वास, कुरीति तथा परम्पराबाट उत्पन्न हुने हिंसाको एक रूप हो। यसले महिला तथा पुरुष दुवैलाई प्रभावित पार्न सक्छ।
पर्चामा लैंगिक हिंसाका विभिन्न प्रकारहरू पनि उल्लेख गरिएको छ।

जसमा घरेलु हिंसा, शारीरिक हिंसा, सामाजिक हिंसा, यौनजन्य हिंसा, मानसिक हिंसा तथा आर्थिक हिंसा पर्दछन्। घरेलु हिंसामा घरभित्र हुने यातना, दवाव तथा छोरी जन्मिएको भन्दै घृणा गर्ने जस्ता व्यवहार पर्दछन् भने शारीरिक हिंसामा कुटपिट, पोल्ने, हतियार देखाएर धम्क्याउने तथा श्रम शोषण जस्ता क्रियाकलाप समावेश हुन्छन्।

यसैगरी सामाजिक हिंसामा समुदायका गतिविधिबाट वञ्चित गराउने, सभामा बोल्न नदिने, धुम्टो प्रथा जस्ता कुरीतिहरू लागू गराउने कार्य पर्दछन्। यौनजन्य हिंसामा बलात्कार, यौन शोषण, जबरजस्ती करणी, बालविवाह तथा जबरजस्ती गर्भपतन जस्ता घटनाहरू समावेश छन्। मानसिक हिंसामा मानसिक तनाव दिने, भेदभाव गर्ने तथा छुवाछुत जस्ता व्यवहार देखिन्छन् भने आर्थिक हिंसामा आश्रय, खानपान तथा खर्चका आवश्यकताबाट वञ्चित गराउने र सम्पत्तिमाथिको अधिकारबाट अलग गर्ने जस्ता कार्यहरू पर्दछन्।

लैंगिक हिंसा अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नु, लैंगिक संवेदनशील व्यवहार अपनाउनु, कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु, स्थानीय प्रशासन सक्रिय बन्नु, निगरानी समूह तथा बाल क्लब गठन गर्नु आवश्यक रहेको पर्चामा उल्लेख गरिएको छ। साथै लैंगिक हिंसा गर्ने व्यक्तिलाई सामाजिक रूपमा बहिष्कार गर्ने, अभिभावक सचेतना कार्यक्रम तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

यो जनचेतनामूलक कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय वीर्ताको सहयोगमा सञ्चालन गरिएको बताइएको छ। कार्यक्रमले समाजमा लैंगिक हिंसाविरुद्ध चेतना फैलाउन तथा सुरक्षित र सभ्य समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

सकियो समानुपातिकतर्फको मतगणना

Next Post

प्रदीप यादवको चुनावी खर्च १० लाख २४ हजार

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रदीप यादवको चुनावी खर्च १० लाख २४ हजार

प्रदीप यादवको चुनावी खर्च १० लाख २४ हजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l