चितवन –चितवन को इच्छाकामना गाउँपालिका–६ जलविरेमा बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार राति काँकडभिट्टा बाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलविरेमा दुर्घटनामा परेको हो।
दुर्घटनामा बस चालक मेचीनगर नगरपालिका–८ झापाका उदयमान राजवंशी, सहचालक २५ वर्षीय हेमबहादुर राजवंशी र पुतलीबजार नगरपालिका–९ स्याङ्जाका तुलबहादुर थापा को घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २३ जनाको भरतपुर मा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

