Friday, April 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको बिदाई

राष्ट्र आवाज by राष्ट्र आवाज
March 11, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको बिदाई
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज -जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आज आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा उक्त बिदाई कार्यक्रम सम्पन्न गरिएको हो।

खकुरेल विगत ३० महिनादेखि पर्सा जिल्लाको ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा सेवा दिँदै आएका थिए। मिलनसार र कर्तव्यनिष्ठ स्वभावका धनी खकुरेलले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्सा जिल्लाका नागरिकहरूको शान्ति, सुरक्षा, सद्भाव र सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनको कार्यकालमा ट्राफिक सचेतना, सवारी व्यवस्थापन तथा नागरिकसँगको सहकार्यलाई प्राथमिकता दिँदै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको सहकर्मीहरूले बताएका छन्।
बिदाई कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी लगायत प्रहरी अधिकृत तथा कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा खकुरेललाई टिका, माला र खादा लगाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरिएको थियो। कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले खकुरेलको आगामी कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका छन। कार्यक्रम सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब
निरीक्षक अर्जुन सोडारीले गरेका थिए।

Previous Post

विपन्न परिवारलाई रास्वपाका युवा नेता बृजेश्वर चौधरीद्वारा खाद्यान्न सामग्री सहयोग

Next Post

पर्साको चारै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई जिताएकोमा जिल्ला सभापति तथा पर्सा – १ का नवनिर्वाचित सांसद पन्तले दिए मतदातालाई धन्यवाद

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्साको चारै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई जिताएकोमा जिल्ला सभापति तथा पर्सा – १ का नवनिर्वाचित सांसद पन्तले दिए मतदातालाई धन्यवाद

पर्साको चारै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई जिताएकोमा जिल्ला सभापति तथा पर्सा - १ का नवनिर्वाचित सांसद पन्तले दिए मतदातालाई धन्यवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l