Friday, April 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सामा २ सय १३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा

राष्ट्र आवाज by राष्ट्र आवाज
March 10, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
पर्सामा २ सय १३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्साको जगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पटेर्वा सुगौली–१ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई प्रहरीले पछ्याउँदै गएको थियो। जगरनाथपुर गाउँपालिका–४ पुगेपछि तस्करहरूले गाँजासहितको ट्याक्टर छाडेर फरार भएका प्रहरी निरीक्षक अधिकारीले बताए।

विशेष सूचनाका आधारमा भारततर्फ गाँजा लैजाँदै गरिएको आशंकामा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा सोनवर्षाबाट लोड गरिएको गाँजासहित ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टरका धनी र गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको आशंका गरिए पनि उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। बरामद गाँजासहितको ट्याक्टर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने फरार रहेका चालक, धनी र संलग्न तस्करहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

गगन थापाको राजीनामा माग्नु उचित होइन : किरण गिरी

Next Post

बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग

बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l