Friday, April 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गगन थापाको राजीनामा माग्नु उचित होइन : किरण गिरी

राष्ट्र आवाज by राष्ट्र आवाज
March 10, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
गगन थापाको राजीनामा माग्नु उचित होइन : किरण गिरी
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरीले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग्नु उचित नभएको बताएका छन्।

गिरीले अहिलेको आवश्यकता सभापति थापाको राजीनामा नभई १५औँ महाधिवेशनको मिति घोषणा गरी पार्टीलाई संगठनात्मक रूपमा अघि बढाउनु रहेको बताएका हुन्।

उनले विशेष महाधिवेशनबाट २०८२ माघ १ गते निर्वाचित नेतृत्वले स्पष्ट नीति, कार्यक्रम र एजेन्डा तय गर्दै ५० दिनमै १६५ निर्वाचन क्षेत्रमा आमनिर्वाचन सामना गर्नु आफैँमा सफल र सराहनीय काम भएको उल्लेख गरेका छन्। उनका अनुसार समयको दबाब, युवा पुस्ताको आकांक्षा तथा पार्टीभित्रको परिस्थितिका कारण विशेष महाधिवेशन आवश्यक र अपरिहार्य थियो।

गिरीले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन ढिलो भए पनि त्यसले पार्टीलाई नयाँ दिशातर्फ लैजाने अवसर दिएको बताए। उनका अनुसार २०७२ सालपछि कांग्रेसले स्पष्ट राजनीतिक बाटो समात्न नसक्दा चुनावी परिणाममा असर परेको हो।

उनले सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको पहलमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको र समानुपातिकतर्फ करिब १९ सांसद आउने अवस्था बनेको उल्लेख गरे। देउवा समूहको बहिष्कार र असहयोगका बाबजुद पनि कांग्रेसले करिब ३७ स्थानमा उपस्थिति बनाउनु सकारात्मक परिणाम भएको उनको भनाइ छ।

गिरीले अहिले सभापति थापाको राजीनामा माग्नुको सट्टा पार्टीलाई १५औँ महाधिवेशनतर्फ लैजानु आवश्यक रहेको बताए। साथै चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

उनले अब तत्काल केन्द्रीय कार्यसमिति बैठक बसेर आमनिर्वाचनको परिणामको गम्भीर समीक्षा गर्नुपर्ने, पुराना नेताहरूको भूमिकाको विश्लेषण गर्नुपर्ने तथा पार्टीको आगामी रणनीति तय गर्नुपर्ने बताएका छन्।

Previous Post

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको ३ लाख १७ हजार पुग्यो

Next Post

पर्सामा २ सय १३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सामा २ सय १३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा

पर्सामा २ सय १३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l