Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

युरोप विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता, एसआईपीआरआईको प्रतिवेदन

राष्ट्र आवाज by राष्ट्र आवाज
March 9, 2026
in विश्व, समाचार
0
युरोप विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता, एसआईपीआरआईको प्रतिवेदन
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — युरोप विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको एक अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कको प्रतिवेदनले देखाएको छ। समाचार संस्था रोयटर्सका अनुसार स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को तथ्याङ्कले यस्तो देखाएको हो।

रुसबाट बढ्दो सुरक्षा चुनौती तथा अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि विश्वास घट्दै जाँदा युरोपेली सरकारहरूले आफ्नो रक्षा क्षमता बढाउन हतियार खरिदलाई तीव्र बनाएका छन्।

प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२५ सम्म युरोपेली देशहरूले हतियार आयातमा ठूलो वृद्धि गरेका छन्। यो संख्या सन् २०१६ देखि २०२० को अवधिको तुलनामा झण्डै तेब्बरले बढेको उल्लेख गरिएको छ। रुसी आक्रमणबाट जोगिन र लामो समयदेखि कम लगानी भएको आफ्नै सेनालाई पुनः सुदृढ बनाउन युरोपेली देशहरूले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएका छन्।

एसआईपीआरआईको हतियार स्थानान्तरण कार्यक्रमका निर्देशक म्याथ्यू जर्जका अनुसार युरोपेली देशहरूमा हतियार प्रवाह तीव्र रूपमा बढ्दा विश्वव्यापी हतियार स्थानान्तरण पनि करिब १० प्रतिशतले वृद्धि भएको छ।

प्रतिवेदनले विश्वव्यापी हतियार आयातमध्ये ३३ प्रतिशत हिस्सा युरोपले ओगटेको देखाएको छ, जुन अघिल्लो पाँच वर्षको अवधिमा १२ प्रतिशत मात्र थियो। घरेलु उत्पादन बढाउने प्रयास भइरहे पनि युरोपेली देशहरूले विशेषगरी अमेरिकी लडाकु विमान र लामो दूरीको हवाई–रक्षा प्रणालीजस्ता हतियार खरिदलाई निरन्तरता दिएका छन्।

यता मध्यपूर्वी देशहरूको हतियार आयात भने १३ प्रतिशतले घटेको छ। तर पनि साउदी अरेबिया र कतार विश्वका शीर्ष हतियार खरिदकर्तामध्येमा रहेका छन्।

आपूर्तिकर्ताको हिसाबले अमेरिकाले विश्वव्यापी हतियार निर्यात बजारमा आफ्नो हिस्सा ३६ प्रतिशतबाट बढाएर ४२ प्रतिशत पुर्‍याएको छ। फ्रान्स ९.८ प्रतिशत निर्यात हिस्सासहित दोस्रो ठूलो आपूर्तिकर्ता बनेको छ भने सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसको हिस्सा २१ प्रतिशतबाट घटेर ६.८ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

Previous Post

रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

Next Post

मातृका यादवलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मातृका यादवलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति

मातृका यादवलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l