Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

राष्ट्र आवाज by राष्ट्र आवाज
March 9, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालले मतदाताप्रति आभार व्यक्त गरेका छन्।

सोमबार आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै उनले जनताले विश्वासका साथ मत दिएर ठूलो जिम्मेवारी सुम्पिएको बताए। उनले अब रास्वपालाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै मतदाताले दिएको विश्वासको कदर गर्ने प्रतिबद्धता जनाए।

खनालले भने, “जनताले यति विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनुभएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै पनि हालतमा असफल हुने छुट छैन। तपाईंहरूले दिनुभएको मत र अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने दिशामा काम गर्नेछौं।”

उनले देशको प्रमुख चुनौतीमध्ये रोजगारी सिर्जना रहेको बताउँदै पार्टीले आगामी पाँच वर्षभित्र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जानकारी दिए। संसदमा रास्वपाको उल्लेखनीय उपस्थिति भएकाले पुराना र काम नलाग्ने कानुनहरू खारेज गरी आवश्यकताअनुसार नयाँ कानुन बनाउन कसैले रोक्न नसक्ने पनि उनले दाबी गरे।

काठमाडौं–६ बाट खनाल २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

Previous Post

वीरगञ्जको मेनरोड विस्तारको बाटो खुल्यो, मुआब्जा र क्षतिपूर्तिको माग सर्वोच्चद्वारा खारेज

Next Post

युरोप विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता, एसआईपीआरआईको प्रतिवेदन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
युरोप विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता, एसआईपीआरआईको प्रतिवेदन

युरोप विश्वकै सबैभन्दा ठूलो हतियार आयातकर्ता, एसआईपीआरआईको प्रतिवेदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l