काठमाडौँ – संसदीय राजनीतिमा छोटो समयमै उदाएका जनमत पार्टी का अध्यक्ष सीके राउत सप्तरी–२ बाट विजयी हुन नसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव २८ हजार ४०४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहे।
दोस्रो स्थानमा जनता समाजवादी पार्टी नेपाल का उमेशकुमार यादव १४ हजार २६३ मतसहित रहे भने सीके राउत तेस्रो स्थानमा सिमित भए, उनी केवल ९ हजार ८८० मतमा सिमित रहे।
जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिभान पार्टी का उम्मेदवार सतिशकुमार सिंहले ३५५७ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेस का रामकुमार यादव २४९८, राष्ट्र निर्माण पार्टी का अफरोज आलम ११२० र मोहम्मद जियाउन रहमान ८८३ मत प्राप्त गरे।
यस नतिजाले सीके राउतका संसदीय आकांक्षामा ठूलो धक्का पुगेको छ भने सप्तरी–२ मा रास्वपाका रामजी यादवको बलियो उपस्थिति देखिएको छ।

