Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

झापा–५ मा वालेन्द्र शाह ४७ हजारभन्दा बढी मतसहित अग्रस्थानमा

राष्ट्र आवाज by राष्ट्र आवाज
March 7, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
झापा–५ मा वालेन्द्र शाह ४७ हजारभन्दा बढी मतसहित अग्रस्थानमा
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

झापा – प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ को मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाह अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतगणनाअनुसार शाहले ४७ हजार ७ सय ७९ मत प्राप्त गरेका छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार के.पी. शर्मा ओलीले १२ हजार ६ सय ९९ मतसहित पछ्याइरहेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्।

झापा–५ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट नेकपा (एमाले)का के.पी. शर्मा ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएका थिए।

Previous Post

बारा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साह विजयी

Next Post

चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा

चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l