Saturday, November 21, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

हरि पन्तको घरदैलोमा जनलहर: श्रीपुरदेखि नगवासम्म रास्वपाको मजबुत उपस्थिति

राष्ट्र आवाज by राष्ट्र आवाज
१७ फाल्गुन, आईतवार
हरि पन्तको घरदैलोमा जनलहर: श्रीपुरदेखि नगवासम्म रास्वपाको मजबुत उपस्थिति
0
SHARES
0
VIEWS

 

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा सम्पन्न घरदैलो कार्यक्रमले क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको छ। घरदैलो अभियानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्त स्वयं सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

श्रीपुर क्षेत्रमा आयोजित कार्यक्रमलाई स्थानीयबासीले उत्साहजनक रूपमा स्वागत गरेका थिए। घरदैलोका क्रममा उम्मेदवार पन्तले घर–घर पुगेर जनताका समस्या, अपेक्षा र सुझावहरू सुनेका थिए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता दोहोर्‍याए। “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन,” भन्दै पन्तले पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवा, इनर्वा, फुलवारी टोल लगायतका क्षेत्रमा पनि व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। वार्ड नम्बर–१६ का बासी चन्दन पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो। टोल–टोलमा पुगेका पन्तलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले साथ र समर्थन व्यक्त गरेका थिए।

घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, युवाका लागि रोजगारी सिर्जना र सुशासनका विषयमा चासो व्यक्त गरेका थिए। पन्तले ती सबै विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने आश्वासन दिँदै विगतका प्रतिनिधिहरूले गर्न नसकेका कामहरू आफूले परिणामसहित पूरा गर्ने दाबी गरे।

रास्वपाको अभियानमा देखिएको जनसमर्थनले क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा रोचक बन्दै गएको संकेत दिएको छ। घरदैलो कार्यक्रममा सहभागी कार्यकर्ताहरूका अनुसार हालसम्म विभिन्न टोलहरूमा पुगेको अभियानमा जनताको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी युवा पुस्ता परिवर्तनको पक्षमा उभिएको उनीहरूको भनाइ छ।

श्रीपुरदेखि नगवासम्म फैलिएको घरदैलो कार्यक्रममा महिलाहरूको पनि सक्रिय उपस्थिति देखिएको थियो। उनीहरूले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा राखेका थिए। पन्तले महिलाको सशक्तीकरण र सहभागितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा हरि पन्तको घरदैलो अभियानले क्षेत्र नम्बर–१ मा रास्वपाको संगठनात्मक मजबुती र जनआधार विस्तार भएको संकेत गरेको छ। स्थानीय तहदेखि संघीय तहसम्म सुशासन र पारदर्शिताको मुद्दा उठाउँदै आएका पन्तले यसपटक आफूलाई परिवर्तनको विकल्पका रूपमा प्रस्तुत गरेका छन्।

घरदैलो अभियानलाई निरन्तरता दिने तयारीमा रहेको रास्वपाले आगामी दिनमा थप सघन कार्यक्रमहरू गर्ने जनाएको छ। जनताको प्रत्यक्ष सहभागिता र समर्थनले उत्साहित बनेका उम्मेदवार पन्तले “मत परिवर्तनका लागि मात्र होइन, व्यवस्था सुधारका लागि आवश्यक छ,” भन्दै मतदातालाई सचेत निर्णय लिन आग्रह गरेका छन्।

Previous Post

दक्षिणी इरानको विद्यालयमा आक्रमण : १०८ जनाको मृत्यु दाबी, स्वतन्त्र पुष्टि बाँकी

Next Post

निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा सुनसरीबाट तीन पक्राउ

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज