Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुग्यो, मतदाता शिक्षा अभियान तीव्र

राष्ट्र आवाज by राष्ट्र आवाज
February 27, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगको कार्यालय काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री पुगेको छ। निर्वाचन आयोग ले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल ४ करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा पुर्‍याइसकिएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार मतदानका लागि आवश्यक अन्य सामग्री सम्बन्धित जिल्लामै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

आयोगले स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष अभियान फागुन ३ गतेदेखि सञ्चालन गरिरहेको छ। यो अभियान फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ। मतदातालाई सही तरिकाले मतदान प्रक्रिया बुझाउने, मतपत्र बदर हुन नदिन सचेत गराउने तथा निर्वाचनप्रति सकारात्मक सहभागिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोगले स्पष्ट पारेको छ।

यसैबीच निर्वाचन आचारसंहिता अनुगमन तथा परिपालनामा समेत निरन्तरता दिइएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरू सक्रिय रूपमा परिचालित रहेका आयोगले जनाएको छ।

फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। प्रचारप्रसारलाई शिष्ट, मर्यादित र आचारसंहिताअनुरूप बनाउन आयोगले दल तथा उम्मेदवारहरूलाई निर्देशन दिइसकेको जनाएको छ।

Previous Post

सिरहामा चुनावी माहोल: मतदाता ‘अडिटर’ बने, उम्मेदवारलाई रिपोर्ट कार्डको चुनौती

Next Post

झापा-५ ‘हाइ–प्रोफाइल’ प्रतिस्पर्धामा: ओली र बालेन आमनेसामने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
झापा-५ ‘हाइ–प्रोफाइल’ प्रतिस्पर्धामा: ओली र बालेन आमनेसामने

झापा-५ ‘हाइ–प्रोफाइल’ प्रतिस्पर्धामा: ओली र बालेन आमनेसामने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l