Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सिरहामा चुनावी माहोल: मतदाता ‘अडिटर’ बने, उम्मेदवारलाई रिपोर्ट कार्डको चुनौती

राष्ट्र आवाज by राष्ट्र आवाज
February 27, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
सिरहामा चुनावी माहोल: मतदाता ‘अडिटर’ बने, उम्मेदवारलाई रिपोर्ट कार्डको चुनौती
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सिरहा – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहा का गाउँबस्तीमा चुनावी रौनक बढेको छ। तर यसपटक उम्मेदवारहरूका लागि घरदैलो विगतजस्तो सहज देखिएको छैन। पहिले आश्वासनमा ताली बजाउने मतदाता अहिले उम्मेदवारसँग स्पष्ट कार्ययोजना र विगतको उपलब्धिको प्रमाण मागिरहेका छन्।

पुराना दलका नेताहरूलाई आफ्नो ‘रिपोर्ट कार्ड’ देखाउन सकस परेको छ भने नयाँ उम्मेदवारहरूलाई आफू पुरानाजस्तै नहुने आधार प्रस्तुत गर्न चुनौती थपिएको छ। मतदाताले चार प्रमुख मुद्दालाई आफ्नो ‘बार्गेनिङ प्वाइन्ट’ बनाएका छन्—कमला पुल, भूमिहीनलाई लालपुर्जा, किसानलाई मलखाद र गाउँगाउँमा पक्की सडक।

कमला पुल: १४ वर्षे प्रतीक्षा र आक्रोश

हुलाकी राजमार्गअन्तर्गत कमला नदी माथि निर्माणाधीन पुल १४ वर्ष बित्दा पनि सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित छन्। सिरहा र धनुषा जोड्ने उक्त पुल अलपत्र अवस्थामा छ।

सिरहा नगरपालिका–६ बसबिट्टा का युवा प्रवीण यादव भन्छन्, “हरेक चुनावमा यही पुलको मुद्दा बेचेर भोट लिइन्छ। पुल बनिसक्नुअघि नै भासियो, तर कसैलाई कारबाही भएन। अब शिलान्यास होइन, पुलमा गाडी गुडेको देख्न चाहन्छौँ।”

लालपुर्जा: दलित र मुसहर समुदायको मुख्य सवाल

भगवानपुर, लहान, धनगढीमाई, गोलबजार र नवराजपुर का मुसहर तथा दलित बस्तीमा उम्मेदवारहरूलाई लालपुर्जाको प्रश्नले घेर्ने गरिएको छ।

मुसहर समुदायका अगुवा रामसुफल सदाय भन्छन्, “हाम्रा पुस्ता यही माटोमा बिते, तर एक धुर जमिनको लालपुर्जा छैन। चुनावअघि फारम भराउँछन्, चुनावपछि ती कागज हराउँछन्। यसपालि कागज होइन, अधिकार चाहिएको छ।”

राजनीतिक विश्लेषक तथा दलित अभियन्ता राजेश विद्रोही का अनुसार यसपटकको माहोल ‘उपेक्षित वर्गको विद्रोह’ जस्तै देखिएको छ। दशकौँदेखि दलित र भूमिहीनका नाममा राजनीति भए पनि जीवनस्तरमा ठोस सुधार नआएकाले मतदाता सचेत बनेका छन्।

मलखाद र मूल्य: किसानको स्थायी पीडा

तराईलाई अन्नको भण्डार मानिए पनि खेतीको समयमा रासायनिक मल नपाउनु यहाँका किसानको दीर्घ समस्या हो। सुखीपुर का किसान रामवृक्ष यादव भन्छन्, “बाली लगाउने बेला मल पाइँदैन, धान बेच्दा मूल्य पाइँदैन। नेताहरू भाषण गर्छन्, तर एउटा मल डिपोको व्यवस्था गर्न सक्दैनन्।”

सडक र सुशासन: ग्राभेलभन्दा गुणस्तरको माग

ग्रामीण सडकको बेहाल अवस्थाले मतदाता चिढिएका छन्। बर्खामा हिलो र हिउँदमा धुलोले स्वास्थ्य समस्या बढेको स्थानीयको गुनासो छ। वर्षेनि ग्राभेल हालेर बजेट सकाउने तर दीर्घकालीन समाधान नगर्ने प्रवृत्तिप्रति आक्रोश बढेको छ।

लहानका मानवअधिकारकर्मी राजकुमार राउत भन्छन्, “अब टालटुले कामले हुँदैन। मतदाताले पक्की सडकसँगै पारदर्शी निर्माण प्रक्रिया र भ्रष्टाचारमुक्त प्रशासनको खाका मागिरहेका छन्।”

‘रैती’बाट ‘सचेत नागरिक’सम्म

नागरिक अगुवा अर्जुन थपलिया का अनुसार मतदाता अब जात, धर्म र दलभन्दा माथि उठेर विकास र सुशासनका आधारमा मतदान गर्ने मनस्थितिमा पुगेका छन्। “अब नेताले मतदातालाई रिझाउनुपर्छ, हरेक प्रश्नको तर्कपूर्ण उत्तर दिनुपर्छ,” उनले भने।

पुराना दलका उम्मेदवारहरू विगतमा गरेका कामको सूची बोकेर घरदैलोमा पुगेका छन् भने नयाँ दलका उम्मेदवारहरूले आफूलाई विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्। मतदाताको यो बदलिँदो स्वरूपले यसपटकको चुनावी परिणामलाई रोचक र अनुमान गर्न कठिन बनाएको छ।

Previous Post

पाकिस्तान–अफगानिस्तान सीमा तनाव चर्कियो, दुवै पक्षबीच हवाई र जमिनबाट आक्रमण

Next Post

देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुग्यो, मतदाता शिक्षा अभियान तीव्र

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुग्यो, मतदाता शिक्षा अभियान तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l