नेशनल प्याब्सन द्वारा आयोजित टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट–२०८२ अन्तर्गत दोस्रो दिनका खेलहरू वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न भएका छन्। विद्यालयस्तरको यस प्रतिष्ठित प्रतियोगितामा कुल २० वटा विद्यालय सहभागी रहेका छन्।
दोस्रो दिनको पहिलो खेलमा Green Land School ले Kadambari School विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको छ। ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित खेल प्रस्तुत गर्दै ग्रिन ल्यान्डले प्रतियोगितामा बलियो उपस्थिति जनाएको छ। खेलभर विद्यार्थी खेलाडीहरूको उत्साहजनक प्रदर्शनले दर्शकको मन जितेको थियो।
दोस्रो खेलमा Decimal School ले Apex School लाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ। सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिएको डेसिमलले विपक्षीमाथि दबाब सिर्जना गर्दै प्रभावशाली जित निकालेको हो। खेल अवधिभर प्रतिस्पर्धात्मक वातावरण देखिएको थियो।
प्रतियोगितामा वीरगञ्ज तथा आसपासका २० वटा विद्यालय सहभागी रहेका छन्। नकआउट आधारमा सञ्चालन भइरहेको यस टुर्नामेन्टले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि वृद्धि गर्नुका साथै अनुशासन, टीमवर्क र नेतृत्व क्षमताको विकासमा टेवा पुर्याउने आयोजकले जनाएको छ।
आगामी दिनहरूमा पनि रोमाञ्चक खेलहरू जारी रहनेछन्। प्रतियोगिताले विद्यालयस्तरमा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

