Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बालबालिकामा कुष्ठरोग सङ्क्रमण बढ्दै गएर स्वास्थ्य चुनौती थप

राष्ट्र आवाज by राष्ट्र आवाज
February 26, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
बालबालिकामा कुष्ठरोग सङ्क्रमण बढ्दै गएर स्वास्थ्य चुनौती थप
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार देशभर रहेका कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएको छ। बालबालिकामा नै सङ्क्रमण देखिनु स्वास्थ्य क्षेत्रका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

यस विषयलाई लिएर सरकारले उच्च प्राथमिकताका साथ नियन्त्रण अभियान अघि बढाउने प्रतिबद्धता जनाएको छ। नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले बालबालिकामा रोग देखिनु अत्यन्तै संवेदनशील विषय भएको बताउनुभयो। उहाँले मानव अधिकारको दृष्टिकोणबाट समेत कुष्ठरोग उन्मूलन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरे पनि हाल १६ जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा बढी बिरामी भेटिनु चिन्ताजनक रहेको बताउनुभयो। उहाँका अनुसार परिवारमा उपचार ढिला हुँदा बालबालिकामा संक्रमण सर्ने जोखिम बढिरहेको छ।

उहाँले बहुक्षेत्रीय समन्वय, छिटो पहिचान तथा समयमै उपचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागी विज्ञहरूले कुष्ठरोगलाई राष्ट्रिय प्राथमिकतामा राखी युद्धस्तरमा अभियान सञ्चालन गर्नुपर्ने साझा निष्कर्ष निकालेका छन्।

Previous Post

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

Next Post

तारा चिन्हमा मतदान गर्न नेकपाको अपिल, समाजवादी रूपान्तरणको प्रतिबद्धता

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
तारा चिन्हमा मतदान गर्न नेकपाको अपिल, समाजवादी रूपान्तरणको प्रतिबद्धता

तारा चिन्हमा मतदान गर्न नेकपाको अपिल, समाजवादी रूपान्तरणको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l