काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक काठमाडौँस्थित पेरिसडाँडामा सुरु भएको छ।
नेता प्रमेश हामलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे सूक्ष्म समीक्षा गर्न बैठक बोलाइएको हो। उनले जानकारी दिनुभयो, “केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ। स्थानीय पार्टी कमिटीले दिएको रिपोर्टअनुसार देशभर नेकपाको स्थिति राम्रो बनेको देखिन्छ। बैठकमा वस्तुनिष्ठ ढङ्गले चुनाव तयारी र रणनीति समीक्षा गरिनेछ।”
बैठकपछि नेकपाले पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको छ। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसार, क्षेत्रीय परिचालन र मतदाता संपर्क योजनाको अवलोकन र समन्वय गर्न बैठकमा छलफल गर्ने बताइएको छ।

