अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ। हिजो वाशिङ्टन डिसीस्थित क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले इरानसँग वर्तमानमा वार्ता भइरहेको जानकारी दिनुभयो।
ट्रम्पले इरानलाई आणविक हतियार निर्माण गर्न नदिने अडान दोहोर्याउँदै इरानले आफ्नो आणविक कार्यक्रम फेरि सुरु गर्ने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो। उनले गत वर्ष अमेरिकी हमलाले उक्त कार्यक्रम पूर्ण रूपमा नष्ट गरेको दाबी गरेका छन्।
तर इरानले ट्रम्पका दाबीलाई ‘ठूलो झूट’ भन्दै खण्डन गरेको छ। यसैबीच, अमेरिका र इरानबीच आणविक मुद्दामा वार्ता जारी छ र वार्ताको अर्को चरण जेनेभामा सम्पन्न हुने तयारीमा छ।
ट्रम्पले कुटनीतिक समाधानलाई प्राथमिकता दिँदै पनि आवश्यक परे सैन्य विकल्प खुला राख्ने संकेत समेत दिएका छन्। विश्लेषकहरूका अनुसार यसले मध्यपूर्वीय तनाव र क्षेत्रीय सुरक्षा सन्तुलनमा थप चुनौती उत्पन्न गर्ने सम्भावना रहेको छ।
