Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्जमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो, मतदातासँग भव्य संवाद

राष्ट्र आवाज by राष्ट्र आवाज
February 26, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक
0
वीरगन्जमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो, मतदातासँग भव्य संवाद
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुशील कुमार कानुलाई आफ्नो निर्वाचन क्षेत्रभित्र भव्य स्वागत गरिएको छ।

बिहीबार कानुले वीरगन्ज महानगरपालिका वडा नम्बर १० का मतदाताको घरघरमा पुगेर घरदैलो अभियान सञ्चालन गरेका थिए। सो अभियानअन्तर्गत उनी आदर्शनगर, अशोकवाटिका र घडिअर्वामा पुगेका थिए जहाँ मतदाताले उत्साहपूर्ण स्वागत गर्दै समर्थन व्यक्त गरेका थिए।

युवा उम्मेदवार कानुले घरदैलोका क्रममा क्षेत्रको विकास र सुशासनका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन। अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक छ।”

उम्मेदवार कानुले क्षेत्रको सडक, पूर्वाधार, व्यापार–व्यवसाय अवस्था जीर्ण रहेको उल्लेख गर्दै निर्वाचित भएमा सङ्घीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत योजनाबद्ध विकास अघि बढाउने योजना रहेको बताए। विशेष गरी पर्साको औद्योगिक सम्भावनालाई ध्यानमा राखेर ठूला विकास आयोजना सञ्चालन गर्ने उनको प्राथमिकतामा रहेको छ।

स्थानीयहरूले उम्मेदवार कानुको स्पष्ट एजेण्डा र व्यवसायमैत्री सोचको समर्थन गर्दै आगामी निर्वाचनमा मत दिन प्रतिबद्धता जनाएका छन्। घरदैलो कार्यक्रमले रास्वपाका उम्मेदवार र स्थानीय मतदाताबीच नजिकको संवाद स्थापित गर्ने अवसर समेत प्रदान गरेको छ।

Previous Post

वीरगन्ज आउँदै गगन थापा

Next Post

इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : अमेरिकी राष्ट्रपति ट्रम्प

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : अमेरिकी राष्ट्रपति ट्रम्प

इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : अमेरिकी राष्ट्रपति ट्रम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l